• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्छुः मन्त्री श्रेष्ठ ★   तारा एअरले भ्रामक सूचना फैलाउनेमाथि कारबाही अगाडि बढाउने ★   जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण ★   नेताको भाषणबाट मुलुकको समृद्धि हुँदैन: श्रममन्त्री अर्याल ★   चीनमा भारी वर्षाका कारण करिब दुई लाख व्यक्ति विस्थापित ★   बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने ★   राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन्: गृहमन्त्री लामिछाने ★   २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी: गृहमन्त्री लामिछाने ★   व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत ★   चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय

केपीलाई कारबाही गरेका को अध्यक्ष हुनु भो रे ? नाम बिर्सेँ मैले : नेम्बाङ



file

काठमाडौं । नेकपा ओली समूहका स्थायी समिति सदस्य सुवास नेम्बाङले प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा देश स्थीरता र समृद्धिको दिशामा अघि बढिरहेका बेला त्यसलाई अस्वीकार गरेर राम्रो काम नगरिएको बताएका छन् । 

शनिबार ओली समूहको प्रदेश १ भेलालाई सम्बोधन गर्दै नेम्बाङले प्रधानमन्त्री ओलीलाई अस्वीकार गर्नुको कारण अहिले देशले खोजिरहेको बताएका छन्।

नेम्बाङले महाधिवेशनमा ओलीसँगै पराजित भएका माधव नेपालले ओलीलाई हटाएर आफैं बनेको कुरामा कटाक्ष गरेका छन्। उनले व्यंग्यपूर्वक आफूले उनको नाम पनि भुलेको बताएका छन् ।

‘केपीलाई कारबाही गरेका को अध्यक्ष हुनु भो रे ? नाम बिर्सेँ मैले,’ उनले भने, ‘हाम्रै अध्यक्ष केपी ओलीसँग केही समयअघि हार्नु भएको थियो। अहिले उहाँलाई निकालेर आफैँ अध्यक्ष हुनुभएछ। कस्तो सजिलो कुरा ?’

प्रधानमन्त्री केपी ओलीलाई अस्वीकार गरेर गर्न खोजिएको के हो भन्दै प्रचण्ड-नेपाल समूहलाई नेम्बाङले प्रश्न गरेका छन्।

‘प्रधानमन्त्री केपी ओलीलाई अस्वीकार गरेर गर्न खोजिएको के हो ? देशले त्यसको जवाफ खोजिरहेको छ। मेचीदेखि महाकालीसम्मका कार्यकर्तापंक्तिले जवाफ खोजिरहेका छन्,' उनले प्रश्न गरे।

ओलीले पार्टी महाधिवेशनबाट पद हस्तान्त्रण गर्न चाहेको तर अर्को पक्षबाट त्यस्तो गर्न नदिइएको उनको भनाई थियो ।