एजेन्सी । सञ्जय लीला भन्सालीको सिरिज ‘हिरामण्डी’को धेरै चर्चा छ । शृङ्खलामा आफ्नो अभिनयका कारण ‘हिरामण्डी’का पात्रहरू पनि चर्चित भएका छन् । शृङ्खलाका केही दृश्यहरूले दर्शकको मन जितेका छन् र मानिसहरूले त्यसको धेरै चर्चा गरिरहेका छन्। जसमध्ये एउटा दृश्य ‘बिब्बोजन’को ‘गज गामिनी’ को हो, जुन सामाजिक सञ्जालमा तिब्र रुपमा भाइरल भइरहेको छ ।
बलिउड अभिनेत्री अदिती राव हैदरीले ‘हिरामण्डी’ मा ‘बिब्बोजान’को भूमिका निभाएकी छिन् । शृङ्खलामा एउटा गीत छ– सैय्या हट जाओ तुम बडो वो हो । यस गीतमा अदिती रावको ‘गज गामिनी’ मूवलाई दर्शकले मन पराएपछि उनको निकै तारिफ गरिरहेका छन् । तर के तपाईलाई ‘बिब्बोजान’ को यो डान्स स्टेपको अर्थ थाहा छ ?
के हो ‘गज गामिनी’ ट्रिक ?
‘गज गामिनी’ डान्स स्टेपलाई ‘एलिफन्ट वाक’ वा ‘स्वान वाक’ पनि भनिन्छ। संस्कृतमा ‘गज गामिनी’ को अर्थ हात्तीको चाल भएको हो। यो हात्तीको राजसी चाल जस्तै सुन्दर, सम्मानजनक र थोरै शाही चाल भनिन्छ। कामसूत्रमा हात्तीको राजसी चाललाई आकर्षणको रूपमा वर्णन गरिएको छ।
अदिति राव हैदरी भन्दा पहिले पनि धेरै सुन्दरीहरुले आफ्नो ‘गज गामिनी’ चालले दर्शकलाई मन पराएका थिए । यो लिस्टमा माधुरी दीक्षित र मधुबालाको नाम पनि परेको छ । मधुबना ले फिल्म ‘मुग-ए-आजम’ मा ‘गज गामिनी’ गीतमा नाचिन् । उनले फिल्मको टाइटल गीतमा नै ‘गज गामिनी’ चलेका थिए ।