७ श्रावण २०८३, बिहीबार
,
Latest
सिरहामा प्रहरीको गोली प्रहार, २२५ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे भुइँ मान्छेका मुद्दा समेटेर काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुन्छः अध्यक्ष ओली अख्तियारलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन संविधान संशोधन गर्न काँग्रेस तयारः गगन थापा राजनीति सत्ताको प्रतिष्पर्धा मात्र नभई समाजसँगको सम्बन्ध होः सभापति थापा बालेनले अर्थमन्त्री वाग्लेलाई भनेः पात्र जोसुकै होस् मलाई नतिजा दिनुस् ओलीको आरोप : भदौ २३/२४ को जेनजी आन्दोलन इतिहासकै सबैभन्दा ध्वंसात्मक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्य चिह्न चाहिए पार्टीमा आउनुहोस्- प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सूर्य चिह्न चाहिए पार्टीको बैठकमा सहभागी हुन प्रचण्ड–नेपाल समूहलाई आग्रह गर्नुभएको छ । पार्टीले अझै पनि अध्यक्ष र वरिष्ठ नेताबाट नहटाएको बताउँदै सूर्य चिह्न चाहिने भए पार्टीले बोलाएको बैठकमा सहभागी हुन आग्रह गर्नुभएको हो । काठमाडौंमा शनिबार आयोजित प्रदेश १ को प्रदेशस्तरीय कार्यकर्ता भेलामा अध्यक्ष ओलीले सूर्य चिह्नबाट एकपटक पनि चुनाव नलडेका प्रचण्डले अहिले सूर्य चिह्न मेरै हो भन्ने अधिकार नभएको बताउनुभयो ।

आफू र प्रचण्डबीच २०७४ असोज १४ गते सूर्यमै चुनाव लड्ने सहमति भए पनि दुई दिनमै उक्त सहमित तोडिएको बताउँदै प्रधानमन्त्री ओलीले सूर्य चिह्न भएका कार्यकर्ताले समेत अर्को चिह्नमा भोट हालेर मात्रै प्रचण्डले जितेको दाबी गर्नुभयो । देशका सम्मानित राष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालत, निर्वाचन आयोगलगायतमाथि अनावश्यक दबाब दिने र गाली बेइज्जती गरेकोप्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले तथ्यहीन आरोप लगाउने काम भइरहेको बताउनुभयो । आफूले देशलाई बरबाद हुनबाट जोगाएको बताउँदै उहाँले देशको अनुहारमा मुस्काउन ल्याउन संसद् विघटन गरेर निर्वाचनको मिति घोषणा गरिएको बताउनुभयो ।

जनताले ठूलो त्याग गरेर ल्याएको अहिलेको उपलब्धि तलमाथि हुन नदिने बताउँदै उहाँले देशलाई प्रतिगमनतिर नभई अग्रगमनतिर लैजान खोजिएको बताउनुभयो । सरकारले अपेक्षाअनुसार काम गर्न पार्टीभित्रबाटै कपटपूर्ण तमासाले पनि व्यवधान गरेको गुनासो गर्दै उहाँले अब देश विकासको साथ अगाडि बढ्ने बताउनुभयो ।

पुरानै प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्छ भन्नेहरुसँग कुनै तर्क नरहेको बताउँदै आफूले कुनै पनि न्यायाधीशलाई नभेटेको दाबी गर्नुभयो । संसद् विघटन गर्ने विषयमा कुनै कीर्ते सनाखत नगरिएको बताउँदै नेपालको संविधानअनुसार संसद् विघटन गरिएको बताउनुभयो । पार्टीले अध्यक्ष र वरिष्ठ नेताहरु कसैलाई पनि कारबाही नगरेको बताउँदै पुनः पार्टीमै फर्किन पनि उहाँले आग्रह गर्नुभयो । नेपाल समाचारपत्र दैनिक




भर्खरै