१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

रोजाइमा आकर्षक र टिकाउ बेतका फर्निचर

रोजाइमा आकर्षक र टिकाउ बेतका फर्निचर
अ अ+ अ-

धरान । धरान उपमहानगरपालिका–१० का ७० वर्षे रामबहादुर तामाङ बेतका फर्निचर बनाएर बिक्री सुरु गर्नुभएको साढे चार दशक बित्यो । भारतको सिलगुढीसम्म पुगेर बेत  ल्याउने र त्यसैबाट बनेका सामान बिक्रीबाट उहाँले घरखर्च चलाइरहनुभएको छ ।

“साढे चारदशक भयो, बेतका सामान बनाउने र बिक्री गर्दै आएको छु”, तामाङले भन्नुभयो, “यसको बजार अहिलेसम्म राम्रो छ । धरानमै बिक्री गर्दा पनि व्यापार फस्टाएको छ ।” उहाँका अनुसार अहिले पनि मासिक रु ३५ हजारसम्म मजाले बचाउन सकिन्छ ।

उहाँका अनुसार पछिल्लो समय बेतबाट बनेका डोका, डाला, नाङ्लोलगायतका सामानसँगै फर्निचरमा पनि मानिसको आकर्षण बढिरहेको छ । “पहिले डोका, डाला र नाङ्गो बढी बनाइथ्यो, अहिले भने बेतबाट बनेका फर्निचर सजावटका लागि आकर्षण र प्रयोगमा आरामदायी हुने भएकाले माग बढ्दो छ”, उहाँले भन्नुभयो ।

उहाँले धरान र आसपासमा पर्याप्त बेत नपाइने भएकाले सिलगुडीसम्म जानुपरेको सुनाउनुभयो । “यहाँ पर्याप्त बेत नपाइने भएकाले भारतको सिलगुडीसम्म जानुपर्ने अवस्था छ, स्वदेशमै उत्पादन भए त्यहाँसम्म जानुपर्ने बाध्यता हुँदैनथ्यो र सामान पनि सस्तोमै उपलब्ध गराउन सकिन्थ्यो”, उहाँले सुनाउनुभयो ।

उहाँले अहिले बेतबाट कोक्रो, मुडा, र्‍याक, कुर्सीलगायतका सामग्री उत्पादन गर्दै आउनुभएको छ । उहाँले बनाउनु भएका सामग्री विदेशीसमेत मन मराउने गरेको उहाँले सुनाउनुभयो । “बेतबाट बनेका सामान पनि बलियासँगै आकर्षित हुन्छन्, सजावटमा पनि अत्यधिक प्रयोग हुन्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार अहिले एउटा सामानको रु तीन हजारदेखि रु पाँच हजार पाँच सयसम्ममा बिक्री हुने गरेको छ ।

सिलगुडीमा एक बण्डल बेत खरिद गर्दा  रु तीन हजार पाँच सयसम्म पर्ने गरेको त्यसबाट तीन वटासम्म सामान बनाउन पुग्ने भएकाले घाटा नहुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पसल आफ्नै घरमा भएकाले भाडा तिर्न पर्दैन, कुनै दिन व्यापार नभए पनि घाटा हुँदैन ।”

रामबहादुर जस्तै धरान–११ का श्याम तामाङले पनि बेतका सामग्री बिक्रीबाटै खर्च धान्दै आउनुभएको छ । पछिल्लो २५ वर्षयता फर्निचर व्यापारमा सक्रिय उहाँले सुरमा काठका फर्निचरको व्यवसाय गरे पनि २० वर्षयता भने बेतका फर्निचरको व्यापार गर्दै आउनुभएको छ । “बेतका फर्निचरको व्यवसाय राम्रो छ, मैले मासिक रु ५० देखि ६० हजार आम्दानी गर्दै आएको छु”, उहाँले भन्नुभयो ।

उहाँले अहिले २० देखि २५ वटा बेतको फर्निचर बिक्री गर्दै आउनुभएको छ । बेतबाट बनेका सोफा, डाइनिङ टेबल, प्लङ, कुर्सी, मुडा, ह्याङ्गर, धाकी, गमलालगायत विभिन्न सजावटका सामान उहाँको पसलमा पाइन्छन् ।

बेतको सामग्री निर्माण गर्ने नेपाली कालीगढ नभएकाले पाँच जनासम्म भारतीय कालीगढ राखेको उहाँले बताउनुभयो । उहाँका अनुसार बेतका फर्निचरको उत्पादन बढाउनसक्ने हो भने बजारको अभाव छैन । तर पर्याप्त बेत र कालीगढको अभावका कारण बजारमा मागअनुसारको सामग्री उपलब्ध गराउन नसकिएको उहाँको भनाइ छ । उहाँले बेतको सामान १५ देखि २० वर्षसम्म सजिलै प्रयोग गर्न सकिने बताउनुभयो ।

“नेपाली युवा रोजगारीको खोजीमा दिनहुँ विदेश पलायन भरहेका छन्, हातमा सीप भएमा नेपालमै व्यावसाय गरेर जीवनयापन गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

बेतका फर्निचरहरु हेर्दा आकर्षक देखिनका साथै हलुका हुने भएकाले यसको प्रयोग धेरैको रोजाइमा पर्ने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार बेत विशेष गरी दुई प्रकारको प्रयोग हुने गर्छ । भारत सिलगुडीमा उत्पादन हुने बेत अलिक मोटो हुने गर्छ भने पूर्वी पहाडी भेगका जङ्गलमा पाइने बेत पातलो हुन्छन् । यस्ता बेतलाई पानी बेत भनिन्छ । बेतमा बाँस प्रजातिमा पर्छ । तर बाँसभन्दा बलियो हुने गर्छ । रासस