• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह: गृहमन्त्रीलाई बोल्न दिनुस्, समिति बनाउँछौं



file photo

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिए समिति बनाउने आश्वासन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले बिहिबार बिहान टेलिफोनमार्फत कांग्रेस सभापति शेरबहादुर देउवालाई उक्त प्रस्ताव गरेका हुन् ।

प्रधानमन्त्रीको प्रस्तावमा आफूहरु सकारात्मक रहेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए । यसबारे पार्टीका शीर्ष नेतासँग परामर्श भइरहेको र नयाँ रणनीतिका साथ आज संसद्‌मा जाने उनले बताए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी अनियमिततामा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै संसद् अवरुद्ध गर्दै आएको छ ।

आज संसद् बैठक ४ बजे बस्दैछ ।