५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह: गृहमन्त्रीलाई बोल्न दिनुस्, समिति बनाउँछौं



file photo
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिए समिति बनाउने आश्वासन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले बिहिबार बिहान टेलिफोनमार्फत कांग्रेस सभापति शेरबहादुर देउवालाई उक्त प्रस्ताव गरेका हुन् ।

प्रधानमन्त्रीको प्रस्तावमा आफूहरु सकारात्मक रहेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए । यसबारे पार्टीका शीर्ष नेतासँग परामर्श भइरहेको र नयाँ रणनीतिका साथ आज संसद्‌मा जाने उनले बताए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी अनियमिततामा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै संसद् अवरुद्ध गर्दै आएको छ ।

आज संसद् बैठक ४ बजे बस्दैछ ।