७ श्रावण २०८३, बिहीबार
,
Latest
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबीच छलफल पूर्वाधार न्यायाधिकरण सम्बन्धी विधेयकलाई अन्तिम रूप दिन छलफल दक्षिणी थाइल्यान्डमा आक्रमण, पाँच सैनिकको मृत्यु सिरहामा प्रहरीको गोली प्रहार, २२५ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे भुइँ मान्छेका मुद्दा समेटेर काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानबमोजिम नै संसद् विघटन: अर्थमन्त्री



अ+ अ-

ललितपुर । अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभा विघटन संविधानबमोजिम भएको जिकिर गर्नुभएको छ । ललितपुर चेम्बर अफ कमर्सको पहिलो साधारणसभाको शनिबार उद्घाटन गर्दै उहाँले सो जिकिर गर्नुभएको छ ।

संविधानको धारा ७६ र ८५ ले प्रतिनिधिसभा विघटनको परिकल्पना गरेको तर संविधानको अपव्याख्या गर्दै विरोध गरिएको बताउँदै अर्थमन्त्री पौडेलले सोहीअनुरुप सरकारले काम गरेको धारणा राख्नुभयो । बहुमत प्राप्त दलले प्रतिनिधिसभा विघटन गर्न पाउने अधिकार संविधानले दिएको पनि उहाँले दाबी गर्नुभयो ।

देश अनिर्णयको बन्दी भएकाले थप निर्णयका लागि जनतामा जानुपरेको बताउँदै उहाँले भन्नुभयो– ‘अनिर्णयको बन्दी भएपछि सार्वभौमसत्ता सम्पन्न जनतासमक्ष जानुको अर्को विकल्प छैन । त्यसैले तोकिएको मितिमा निर्वाचन हुन्छ, ढुक्क हुनुहोस् ।’

स्वतन्त्र एवं सक्षम न्यायपालिकाको अवधारणाको मर्मलाई आत्मसात गर्न पनि अर्थमन्त्री पौडेलले आग्रह गर्नुभयो । उहाँले सर्वोच्चको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको वैधता परीक्षण गर्ने धारणा राख्नुभयो । नेपाल समाचारपत्र दैनिक