५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउन आवश्यक: अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउन आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा मदन—आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउनका लागि अघि बढ्नुपर्ने बेला भइसकेको बताउनु भयो ।

उहाँले कम्युनिष्ट पार्टीलाई बद्नाम गर्ने अनेक प्रयत्नलाई विफल पार्न आवश्यक रहेको बताउनु भयो । उहाँले कम्युनिष्ट पार्टीलाई सबैभन्दा बढी लोकतान्त्रिक पार्टीको रुपमा स्थापित गर्न आवश्यक रहेको पनि बताउनु भयो । उहाँले कम्युनिष्ट शक्तिलाई अधिनायकवादी शक्तिको रुपमा आरोप लगाउनु झुटो आरोप मात्रै हुने जिकिर गर्नुभयो । उहाँले जनताको बहुलदलीय जनवाद समाप्त नभइसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मदन भण्डारीका उत्तराधिकारी हामीले अब यो आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउनका लागि अघि बढ्नुपर्छ । मदन भण्डारीले त्यो बेलामा कम्युनिष्ट आन्दोलनमा देखापरेका अनेकौँ खालका चुनौतिहरु उल्लेख गरी भन्नुभयो, अहिले कम्युनिष्ट पार्टीहरुमाथि लागिरहेका आरोपहरु। कम्युनिष्ट पार्टीको भविष्यमाथि उठाइएका प्रश्नहरु र कम्युनिष्ट पार्टीलाई लोकप्रिय हुन नदिने खालका अनेकौँ किसिमका सोचहरु, कम्युनिष्ट पार्टीलाई बद्नाम गर्ने अनेक प्रयत्नलाई विफल पार्नुपर्छ । कम्युनिष्ट पार्टीलाई सबैभन्दा बढी लोकतान्त्रिक पार्टीको रुपमा स्थापित गर्नुपर्छ । कम्युनिष्ट पार्टी लोकतान्त्रिक शक्ति हो । लोकतान्त्रिक आन्दोलनको अगुवा शक्ति हो । यसले लोकतन्त्रका मूल्य र मान्यतालाई आत्मसाथ गर्दछ । यसलाई अधिनायकवादी शक्ति भनेर आरोप लगाउँछन् भने त्यो झुटो आरोप मात्रै हो । यो कम्युनिष्ट आन्दोलन अघि बढाउन र जनताको विश्वासलाई अघि बढाउने काममा उहाँले महत्वपूर्ण भुमिका खेल्नुभएको छ । जनताको बहुदलीय जनवादको सान्दर्भिकता समाप्त भएको छैन ।’

अध्यक्ष नेपालले मदन भण्डारी र जीवराज आश्रितले छोडेर जानुभएको जिम्मेवारीलाई पूरा गर्न आवश्यक रहेको बताउनु भयो ।