• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

संसद् बैठक अघि सभामुखले प्रमुख सचेतकसँग छलफल गर्ने



काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक अघि दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन् ।

संसद् भवन नयाँ बानेश्वरस्थित सभामुखको कार्यकक्षमा प्रमुख सचेतकहरुलाई छलफलको लागि बोलाईएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जनाए ।

संसदमा जारी गतिरोध अन्त्यका लागि कार्यव्यवस्था परामर्श समितिको बैठकअघि सहमति जुटाउन सभामुखले प्रयास थालेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै संसद अवरोध गर्दै आएको छ ।

आज ११ बजेका लागि संसद बैठक बोलाईएको थियो । तर, केही ढिलाइ हुने भएको छ । आजको बैठकमा गृहमन्त्री रवि लामिछानेले सदनमा जवाफ दिने कार्यतालिका छ ।