• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

सदनमा अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन



file photo

काठमाडौं । नेपाली कांग्रेसले सदनमा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिएको छ ।

बिहीबार बस्न लागेको प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसले सांसदहरुलाई म्यासेज पठाएको एक नेताले बताए ।

बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । आजको कार्यसूचीमा गृहमन्त्री रवि लामिछानेले संसदमा जवाफ दिने कार्यतालिका छ ।

सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले संसद अवरोध गर्दै आएको छ ।