२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपलाई विश्वकप खेल्न पठाउने क्यानको तयारी



file photo
अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ(क्यान)ले सन्दीप लामिछानेलाई आगामी जुन २ देखि अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी–२० विश्वकप २०२४ खेल्न पठाउने तयारी गरेको छ ।

उच्च अदालत पाटनबाट बलात्कार मुद्धामा सन्दीपले सफाई पाएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको हो ।

भोली सम्ममा निर्णय गरेर सन्दीपलाई विश्वकप खेल्न पठाउने क्यानको तयारी छ ।

आईसीसीको प्रावधान अनुसार २५ मे सम्म कुनैपनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छन् । नेपाली टोलीले हाल वेस्ट इन्डिजमा अभ्यास गरिरहेको छ । नेपालले सन्दीपलाई पठाउदा अन्तिम १५ बाट एक खेलाडी भने बाहिर गर्नुपर्छ ।

आईसीसीको नियम अनुसार १५ खेलाडी मात्रै विश्वकप स्क्वाडमा राख्न पाइन्छ ।