२४ जेष्ठ २०८३, आईतवार
,
Latest
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिन काँग्रेसमाथि सत्तारुढ प्रमुख तीन दलको दबाब



अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख ३ दलका शिर्ष नेताहरुले संसदमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिनुपर्ने अडान राखेका छन् ।

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबीच सहकारी प्रकरणमा आफैँले लगाएको आरोपको खण्डन गर्न पाउने गृहमन्त्रीको लोकतान्त्रिक अधिकारको अभ्यास गर्नका लागि नेपाली काँग्रेस तयार हुनुपर्ने अडान राख्नुभएको हो ।

सत्तारुढ दलका शिर्ष नेताहरुले संसदमा गृहमन्त्रीले दिएको आफूमाथिको आरोपको जवाफ चित्त नबुझे छानविनका लागि काँग्रेसले राखेको मागको सम्मान गर्ने पनि प्रष्ट्याएका छन् । बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहनुभएका उपप्रधानमन्त्री लामिछानेले सदन र सडक सबैतिर आफूमाथि लगाइएको आरोपको खण्डन गर्न संसदमा आफूले बोल्न पाउनुपर्छ भन्ने कुरामा छलफल गरिएको बताउनु भयो ।

लोकतन्त्रमा एक पटक आफूलाई लागेको आरोपका बारेमा एक पटक जवाफ दिन पाउने अधिकारलाई अभ्यास गर्न दिन नेपाली काँग्रेस चुक्नु नहुने बताउनु भयो ।

उपप्रधानमन्त्री लामिछानेले भन्नुभयो, ‘हाम्रो त त्यही छ, नयाँ कुरा केही मसँग केही छैन । हामीले मागेको नै के छ र । एकपटक बोल्न त पाउनु प¥यो । निरन्तर रुपमा प्रश्नहरु उठे । आरोपहरु लागे । सदनमा पनि गालीगलौज नै चल्यो । सडकमा पनि चलिसक्यो अब त । भनेपछि लोकतन्त्रमा एक पटक आफूलाई लागेको आरोपका बारेमा एक पटक जवाफ दिन पाउने त्यो अधिकार पनि हो । त्यति एउटा चिज नै हो । त्यसपछाडि अघि बढिहाल्छ । त्यसपछि पनि भएन, चित्त बुझेन, जवाफनै चित्त बुझेन भने उहाँहरुको अधिकारको त हामी फेरी सम्मान गरिहाल्छौं नि । त्यसपछि विरोध गर्ने उहाँहरुको अधिकारको हामी पूरै सम्मान गरिहाल्छौं ।

मलाई जहाँसम्म लाग्छ, त्यति बोल्न हामीले पाउनुपर्ने भन्ने हाम्रो भनाई हो । मैले त पहिलेदेखिनै त्यही कोशिस गरिराखेको छु । लोकतन्त्रमा त्यति अभ्यास गर्न पाउनु पर्छ । नेपाली काँग्रेसजस्तो पार्टीलाई त्यति अभ्यामा त चुक्नु हुँदैन जस्तो लाग्छ मलाई । ’

नेपाली काँग्रेसले उपप्रधानमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको जिकिर गर्दै संसदीय छानविन समिति नबनेसम्म संसद चल्न नदिने चेतावनी दिँदै आएको छ । यता, सत्तारुढ दलका शिर्ष नेताहरु दाहाल, ओली र लामिछानेबीच पनि संसदलाई सुचारु गराउने विषयमा केन्द्रिय रहेर निरन्तर छलफल भईरहेको छ ।

एमाले अध्यक्ष ओलीले पार्टी संसदीय दलको बैठकमा काँग्रेस भोली बोलाइएको संसद बैठकमा पनि उपप्रधानमन्त्री लामिछानेलाई बोल्न नदिने हो भने त्यसको प्रतिकार गरेर अघि बढने चेतावनी पनि दिनुभएको छ ।