१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिन काँग्रेसमाथि सत्तारुढ प्रमुख तीन दलको दबाब



अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख ३ दलका शिर्ष नेताहरुले संसदमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिनुपर्ने अडान राखेका छन् ।

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबीच सहकारी प्रकरणमा आफैँले लगाएको आरोपको खण्डन गर्न पाउने गृहमन्त्रीको लोकतान्त्रिक अधिकारको अभ्यास गर्नका लागि नेपाली काँग्रेस तयार हुनुपर्ने अडान राख्नुभएको हो ।

सत्तारुढ दलका शिर्ष नेताहरुले संसदमा गृहमन्त्रीले दिएको आफूमाथिको आरोपको जवाफ चित्त नबुझे छानविनका लागि काँग्रेसले राखेको मागको सम्मान गर्ने पनि प्रष्ट्याएका छन् । बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहनुभएका उपप्रधानमन्त्री लामिछानेले सदन र सडक सबैतिर आफूमाथि लगाइएको आरोपको खण्डन गर्न संसदमा आफूले बोल्न पाउनुपर्छ भन्ने कुरामा छलफल गरिएको बताउनु भयो ।

लोकतन्त्रमा एक पटक आफूलाई लागेको आरोपका बारेमा एक पटक जवाफ दिन पाउने अधिकारलाई अभ्यास गर्न दिन नेपाली काँग्रेस चुक्नु नहुने बताउनु भयो ।

उपप्रधानमन्त्री लामिछानेले भन्नुभयो, ‘हाम्रो त त्यही छ, नयाँ कुरा केही मसँग केही छैन । हामीले मागेको नै के छ र । एकपटक बोल्न त पाउनु प¥यो । निरन्तर रुपमा प्रश्नहरु उठे । आरोपहरु लागे । सदनमा पनि गालीगलौज नै चल्यो । सडकमा पनि चलिसक्यो अब त । भनेपछि लोकतन्त्रमा एक पटक आफूलाई लागेको आरोपका बारेमा एक पटक जवाफ दिन पाउने त्यो अधिकार पनि हो । त्यति एउटा चिज नै हो । त्यसपछाडि अघि बढिहाल्छ । त्यसपछि पनि भएन, चित्त बुझेन, जवाफनै चित्त बुझेन भने उहाँहरुको अधिकारको त हामी फेरी सम्मान गरिहाल्छौं नि । त्यसपछि विरोध गर्ने उहाँहरुको अधिकारको हामी पूरै सम्मान गरिहाल्छौं ।

मलाई जहाँसम्म लाग्छ, त्यति बोल्न हामीले पाउनुपर्ने भन्ने हाम्रो भनाई हो । मैले त पहिलेदेखिनै त्यही कोशिस गरिराखेको छु । लोकतन्त्रमा त्यति अभ्यास गर्न पाउनु पर्छ । नेपाली काँग्रेसजस्तो पार्टीलाई त्यति अभ्यामा त चुक्नु हुँदैन जस्तो लाग्छ मलाई । ’

नेपाली काँग्रेसले उपप्रधानमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको जिकिर गर्दै संसदीय छानविन समिति नबनेसम्म संसद चल्न नदिने चेतावनी दिँदै आएको छ । यता, सत्तारुढ दलका शिर्ष नेताहरु दाहाल, ओली र लामिछानेबीच पनि संसदलाई सुचारु गराउने विषयमा केन्द्रिय रहेर निरन्तर छलफल भईरहेको छ ।

एमाले अध्यक्ष ओलीले पार्टी संसदीय दलको बैठकमा काँग्रेस भोली बोलाइएको संसद बैठकमा पनि उपप्रधानमन्त्री लामिछानेलाई बोल्न नदिने हो भने त्यसको प्रतिकार गरेर अघि बढने चेतावनी पनि दिनुभएको छ ।