• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

काँग्रेसद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध पारेको छ ।

मंगलवार बसेको राष्ट्रिय सभाको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलवारको संयुक्त सदनमा प्रश्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा धन्यवाद ज्ञापन गर्ने कार्यसूचि रहेपनि काँग्रेसले संसद अवरुद्ध पारेको हो ।

काँग्रेसले सहकारी रकम हिनामिना प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समितिको माग राखेर संसद अवरुद्ध पार्दै आएको छ । आजको बैठकमा पनि काँग्रेसले सोही विषयमा संसदीय छानबिन समितिको माग गर्दै संसद अवरुद्ध पारेको हो ।

राष्ट्रिय सभाको अर्को बैठक जेठ ३ गते बिहीवार सवा १ बजे बस्नेगरी स्थगित भएको छ ।