२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालती समय सकियो, सन्दीपको मुद्दामा भने बहस जारी



file photo: can
अ+ अ-

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बहस जारी छ ।

अदालती समयपछि पनि न्यायाधीशले बहसलाई निरन्तरता दिएका छन् । बहस टुंग्याएर सकेसम्म आजै फैसला गर्ने तयारी रहेको छ ।

सन्दीपको मुद्दाको आज पहिलो नम्बरमै पालो थियो र बिहानैबाट बहस सुरु भएको थियो । अहिलेसम्म सन्दीपको पक्षबाट ५ वकिलहरूले बहस गरिसकेका छन् ।

यस्तै, गौशाला २६ को तर्फबाट २ सरकारी वकिलले बहस सकेका छन् भने अहिले उनका निजी वकिलहरूले बहस गरिरहेका छन् ।

जिल्ला अदालत पाटनले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । त्यसविरुद्ध सन्दीपले गरेको पुनरावेदनमा सुनुवाइ भइरहेको हो ।

आज बहस नसकिएमा मुद्दालाई हेर्दाहेर्दैमा राखिनेछ ।