१४ आश्विन २०८१, सोमबार
,
Latest
अस्थायी आवास निर्माणका लागि तत्काल सरकारले अनुदान उपलब्ध गराउने तुलसीपुरस्थित गौरीगाउँ ताल ओझेलमा म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती अवरुद्ध हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक जारी बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा रु एक करोड सहयोगको घोषणा राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित वर्षाजन्य विपद्: ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध धादिङ र काभ्रेका सीडीओ फेरिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली  काग्रेस आन्दोलित हुँदै नयाँ निर्बाचनको तयारीमा सक्रिय हुनुपर्छ : नेता मोहन आचार्य



अ+ अ-

रसुवा  । ससद विघटन विरुद्धमा नेपाली कांग्रेस रसुवाले जिल्लाको पाँच वटै गाउँपालिकामा विरोध प्रदर्शन गरेको छ । 

नौकुण्ड गाउँपालिकाको जेरो किलोबाट नारा जुलुससहित सुरु भएर पार्च्याङमा कोणसभामा परिणत भएको थियो । 

कालिका गाउपालिकामा कालिकास्थान देखि घुम्ती बजारसम्म र्याली गरिएको छ ।

 गोसाइँकुण्ड गाउपालिकामा स्याफ्रुबेशीमा र्याली गरिएको थियो । 

नेपाली कांग्रेस उत्तरगयाँ समितिद्वारा बेत्रावतीमा विरोध सभा आयोजना भएको छ ।

 आज विभिन्न स्थानीय तहमा भएका विरोध सभा मध्ये नौकुण्ड गाउपालिकामा र उत्तरगयाँ गाउपालिकाको कार्यक्रममा कांग्रेस युवा नेता मोहन आचार्य सहभागी हुनु भयो ।

 विरोध सभालाई सम्बोधन गर्दै युवा नेता मोहन आचार्यले संसद बिघटन को कदम असंबैधानिक रहेको बताउनु भयो।

 नेपाली कांग्रेस सधै स्वतन्त्र न्यायपालिकाको पक्षमा रहेको भन्दै नेता आचार्यले न्यायलयले दिने फैसला कांग्रेस लाई मान्य हुने बताउनु भयो। 

अब आन्दोलित हुँदै नयाँ निर्बाचनको तयारीमा सक्रिय हुन उहाँले कार्यकर्ता लाई आग्रह समेत गर्नु भयो। 

यहाँ आयोजित विरोध सभाको सभापतित्व गाउँपालिका संयोजक ओम प्रसाद आचार्यले गरेका गर्नु भएको थियो । 

कार्यक्रमलाई काङ्ग्रेस नेता उपेन्द्र लम्साल, महीला नेत्री सुनिता मायाँ गुरूङ, नेता बम बहादुर गुरूङ, नेता उतम थापा, नेबिसंघ नेता बिप्लब खडका लगायतले अब निर्बाचन को लागि जुट्नु को बिकल्प नरहेको बताउनु भयो । 

उता, नौकुण्ड गाउपालिकामा भएको बिरोध कार्यक्रमलाइ नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्बु स्याङ्बो घले र काङ्ग्रेस नौकुण्ड गाउँपालिका सभापति डिल बहादुर मोक्तानले सम्बोधन गर्नु भएको थियो ।  सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २० जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छ्न।  

 त्यसैगरी आमाछोदिङ्मो गाउपालिकामा पालिका संयोजक कामी ग्याल्बो घले, नेपाली काङ्ग्रेस जिल्ला सभापति पेम्बा छिरिङ र महाधिवेशन प्रतिनिधि उर्केन तामाङ जिल्ला उपसभापति फुर्बा वाङ्दी तामाङ आमाछोदिङमो गाउँ पालिकको प्रमुख बुचुङ तामाङ नेता मिलन तामाङले बिरोध सभालाई सम्बोधन गर्नु भएको थियो। 

सरकारको सिफारिसमा राष्ट्रपतिबाट पुस ५ गते प्रतिनिधिसभा विघटन भएको थियो । यस निर्णयको विरोधमा सर्वोच्चमा परेका रिटमाथी बहस जारी छ । 

काङ्ग्रेसले निर्णयको विरोधमा चरणवद्द आन्दोलन घोषणा गरेको छ । सोही क्रममा आज ७५३ वटै प्रदर्शन गरेको हो ।