२५ श्रावण २०८३, सोमबार
,
Latest
विधि विज्ञान प्रयोगशाला विधेयकः कार्यकारी निर्देशकको उमेर हद हटाउन सांसद बरालको माग प्रधानमन्त्री साहलाई काँग्रेस सांसद काउचाले भनिन्– ‘कालो चश्मा खोल्नुस्, तपाईं एक्लो हुनुहुन्न’ यी २० ठूला बहुराष्ट्रिय करदाता कम्पनीसँग अर्थमन्त्री वाग्लेकाे छलफल सुरू निजी क्षेत्रको सफलता नै राष्ट्रको आर्थिक समृद्धिको आधारः अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री शाहलाई भारतीय राजदूत श्रीवास्तवमार्फत मोदीको शुभकामना कैलालीका शिवालयमा भक्तजनको घुइँचो लोकतन्त्रको सुदृढीकरणका लागि मातृभाषा पत्रकारिता अपरिहार्यः मन्त्री गौतम दोलखाको यलुङ–री हिमपहिरोमा बेपत्ता पाँच आरोहीको शव नौ महिनापछि भेटियो हेटौँडाको संस्कृत वेद विद्यालयमा प्राचीन धर्मग्रन्थको पुस्तकालय बनाइँदै विनोदले गाउँ छोडेका छैनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री समक्ष तीनकुने जग्गा मुआब्जा पीडितले सुनाए गुनासो



अ+ अ-

काठमाडौं । तीनकुने जग्गाको विषयमा देखिएको विवाद समाधान गर्न सरोकारवालाले गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएका छन्।

गृह मन्त्रालयमा सोही क्षेत्रबाट निर्वाचित सांसद सोविता गौतम, काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलगायतको उपस्थितिमा उक्त जग्गाको मुआब्जा पीडितले गृहमन्त्री समक्ष आफ्नो समस्या सुनुवाइका लागि आग्रह गरेका हुन्।

पञ्चायत स्मारक पार्क बनाउन ०३१ सालमा तत्कालिन सरकारले ५२ रोपनी जग्गा अधिग्रहण गरेको थियो। तर, अहिलेसम्म सो मुआब्जा विवादको समस्या समाधान हुन सकेको छैन। सांसद गौतमले पनि यो समस्या समाधानको पहल गरिरहनु गगरिरहनु भएको छ। उहाँले पटक पटक प्रतिनिधि सभाको बैठकमा पनि त्यहाँको विवादबारे प्रश्न उठाउनु भएको छ। छलफलमा गृहमन्त्री लामिछानेले एक हप्ताभित्रै त्यहाँको अवस्थाबारे जानकारी लिएर सरोकारवालाहको बैठक बोलाउने प्रतिवद्धता जनाउनु भएको छ।

छलफलमा मनोहर जग्गा एकीकरण र मनोहरा करिडोरमा देखिएको समस्या समाधानबारे पनि कुराकानी भएको भएको थियो।

तीनकुनेमा सरकारबाट केहि जग्गाधनीले मुआब्जा बुझिसकेका छन। केही जग्गाको मुआब्जामा बितरण र केहीको मूल्यांकन समेत भएको छैन। ।