५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इतिहासका प्रत्येक भोगाइहरु लेखेर राख्नुपर्छ: माधव नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले इतिहासका प्रत्येक भोगाइहरु लेखेर राख्न आवश्यक रहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ पुस्तक विमोचन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले जीवनका कुराहरु राम्रोसँग नोट नगरे जीवनसँगै सकिने र अर्को पुस्ताका लागि जानकारी पाउन कठिन बन्ने बताउनु भयो । उहाँले सबैले इतिहासका भोगाइहरुलाई टिपेर राख्न सुझाव दिनुभयो । उहाँले छिटै नै नकेपा विभाजन र नेकपा (एकीकृत समाजवादी) पार्टी निर्माणको बारेमा लेखिएको पुस्तक आउन लागेको भन्दै त्यस पुस्तकले विभाजन र पार्टी निर्माणको बारेमा सबै स्पष्ट पार्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जीवनका कुराहरु राम्रोसँग नोट गरिएन भने बिर्सिइन्छ, रेकर्ड गरिएन भने बिर्सिइन्छ । इतिहासका महत्वपूर्ण सबै पात्रहरुलाई भन्न चाहन्छु, इतिहासका प्रत्येक घटनाक्रमको बारेमा आफूले देखेका लागेका, अनुभुत गरेका, भोगेका सबै कुराहरु लेखेर राख्न आवश्यक छ । डकुमेण्ट्सहरुको पनि त्यत्तिकै ठूलो महत्व छ । अब चाँडै नै अर्को किताव आउँदैछ । त्यो किताव हाम्रो पार्टीका निम्ति अहिले सबैभन्दा बढी जरुरी छ । त्यो बेलामा नेकपा एकीकृत समाजवादी गठनको पृष्ठभूमि, विवाद कसरी भएका थिए, व्यक्तिगत भनाइ होइन, डकुमेण्टहरुको सबै कुरा राखिएको । तथ्यले त्यो सबै बोल्नेछ ।’

सो क्रममा अध्यक्ष नेपालले आफ्नो राजनीतिक अनुभवका विभिन्न भोगाइरहेको बारेमा पनि स्मरण गर्नुभएको थियो ।