१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुल र एस्टन भिल्लाले बराबरी खेले



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र एस्टन भिल्लाले बराबरी खेलेका छन् ।

गएराति एस्टन भिल्लाको घरेलु मैदान भिल्ला पार्कमा भएको खेलमा दुबै टोलीले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको दोस्रो मिनेटमा नै लिभरपुलले खेलमा अग्रता लिएको थियो ।

हार्भी इलिओटले क्रस गरेको बल भिल्लाको डिफेन्डरलाई लागेर गोलकिपर इमिलियानो मार्टिनेजको हातमा पुगेको थियो । मार्टिनेजले बल फुत्काउँदै आत्मघाती गोल गर्न पुगे । यता, १२ औं मिनेटमा योरी टिलेमान्सले गोल गर्दै भिल्लालाई १–१ गोलको बराबरीमा ल्याए ।

२३ औं मिनेटमा कोडी गाक्पो र ४८ औं मिनेटमा जारेल एमोरिन क्वान्शाहले गोल गर्दा लिभरपुल ३–१ गोलले अघि रह्यो । तर, ८५ औं र ८८ औं मिनेटमा जोन डुरान एक्लैले दुई गोल गर्दै भिल्लालाई ३–३ को बराबरीमा ल्याउँदै हारबाट जोगाए ।

यो नतिजासँगै लिभरपुल ३७ खेलबाट ७९ अंकका साथ तेस्रो स्थानमा तथा ६८ अंकका साथ एस्टन भिल्ला चौंथो स्थानमा छ ।