काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र ज्याङ्मु शेर्पा यही माघ ११ गते वैवाहिक गठबन्धनमा बाधिने भएका छन् । ५० वर्षीय मुख्यमन्त्री राईले सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासंग विवाह गर्न लागेका हुन् ।

मुख्यमन्त्री राई र ज्याङ्मुको उमेरअन्तर निकै फरक छ । ५० वर्षीय राईले आफूभन्दा झन्डै आधा उमेर कमकी ज्याङ्मु शेर्पासँग विवाह गर्न लागेका हुन् । मुख्यमन्त्री राई अहिले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको केन्द्रीय सदस्य पनि छन् भने उता ‘मिस मंगोल नेपाल–२०१८’ को उपाधि जितेसँगै चर्चामा आएकी ज्याङ्मु सामाजिक काममा पनि उत्तिकै सक्रिय छिन् ।

ज्याङ्मु मिस मंगोल छात्रवृत्ति कोषकी अध्यक्ष समेत हुन् । मुख्यमन्त्री राई भोजपुरका हुन भने ज्याङ्मु संखुवासभाकी हुन् ।













