१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित

बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित
अ अ+ अ-

मकवानपुर। बागमती प्रदेशसभाको आजको बैठकले प्रदेश विनियोजन विधेयक २०८३ र प्रदेश आर्थिक विधेयक २०८३ लाई बहुमतले पारित गरेको छ ।

बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेश विनियोजन विधेयक २०८३ लाई पारित गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो ।

प्रदेशसभाका सदस्यहरू क्रमशः ईश्वर सापकोटा, श्रृजना सैजु र रत्नप्रसाद ढकालले सरकारको आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेटमा ल्याइएको रकमको खर्च कटौती गरियोस् भनी ल्याइएको प्रस्तावलाई सो बैठकको बहुमतले अस्वीकृत गर्‍यो ।

साथै बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री तामाङले प्रदेश आर्थिक विधेयक २०८३ माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो । प्रदेश आर्थिक विधेयक २०८३ को सैद्धान्तिक पक्षमा मात्र छलफल गरिएको थियो ।

विधेयकमाथि श्रृजना सैजु, रत्नप्रसाद ढकाल र नुरज बज्राचार्यले छलफलमा सहभागी हुँदै सरकारले यातायात क्षेत्रका उपभोक्ताहरूलाई लाइन्सेस नवीकरणलगायत अन्य सेवा लिन बढी करको भार थपिने भएकाले सो प्रक्रियालाई संशोधन हुनुपर्ने सुझाव दिनुभयो ।

त्यस अवसरमा मन्त्री तामाङले छलफलमा उठेको प्रश्नहरूको जवाफ दिनुहुँदै राज्य सञ्चालन गर्न कानुनसम्मत करको दायरा हेरफेर गर्न र केही रकम बढाउन सकिने भएकाले सर्वसाधराण नागरिकलाई सेवा विस्तारमा थप सुविधा उपलब्ध गराइने बताउनुभयो ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलगायत विभिन्न मन्त्रीले विभिन्न मन्त्रालयका विषयमा छलफल उठेका प्रश्नहरूको जवाफ दिनुभएको थियो ।

प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईंले प्रदेशसभाको अर्को बैठक सूचना जारी नभएसम्मका लागि आजको बैठक स्थगित गर्नुभएको थियो ।  रासस