११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ



अ+ अ-

काठमाडौं । सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिनमा सुशासन, सार्वजनिक सेवा प्रवाह, डिजिटल शासन, भ्रष्टाचार नियन्त्रण तथा प्रशासनिक सुधारलाई प्राथमिकतामा राख्दै उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ।

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको एक सय दिने प्रमुख उपलब्धिहरुआज सिंहदरबारबाट सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले नागरिकमैत्री सेवा प्रवाह गरी नागरिकप्रति सरकारको विश्वास र भरोसा अभिवृद्धि गर्न सफल भएको बताउनु भयो ।

सरकारले गठन भएकै दिन १०० बुँदे शासकीय सुधार कार्यसूची स्वीकृत गरी कार्यान्वयन सुरु गरेको थियो। यस अवधिमा भ्रष्टाचार नियन्त्रणका लागि सम्पत्ति छानबिन आयोग गठन, सार्वजनिक सेवा डिजिटल प्रणालीमार्फत विस्तार, नागरिक एपको सेवा वृद्धि तथा विभिन्न सरकारी सेवालाई अनलाइन प्रणालीमा रूपान्तरण गरिएको उल्लेख गरिएको छ।

यस्तै, राहदानी, नागरिकता सिफारिस, सवारी चालक अनुमतिपत्र, मालपोत सेवा, कम्पनी दर्ता लगायतका सेवामा डिजिटल प्रणाली लागू गरिएको छ। साथै, सार्वजनिक प्रशासनलाई चुस्त बनाउन मन्त्रालय संख्या घटाउने, सरकारी खर्च नियन्त्रण गर्ने तथा अनावश्यक संरचना पुनर्गठन गर्ने काम अघि बढाइएको सरकारको दाबी छ।

सरकारका अनुसार आगामी दिनमा यी सुधारलाई थप संस्थागत, प्रभावकारी र नागरिकमैत्री बनाउँदै सुशासनलाई व्यवहारमै अनुभूत हुने गरी अघि बढाइनेछ।

तस्बिर: प्रदीपराज वन्त/रासस