१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने

सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने
अ अ+ अ-

काठमाडौँ। सरकारले नेपाललाई आरोग्य पर्यटनको गन्तव्य मुलुकका रुपमा विकास गर्ने उद्देश्यले सन् २०३५ सम्म पाँचवटा प्रमुख एकीकृत आरोग्य केन्द्र स्थापना गर्ने भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको १०० दिनको उपलब्धि सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाललाई आरोग्य पर्यटनको गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले उक्त योजना अघि सारिएको बताउनुभयो ।

नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घको साधारणसभाले प्रत्येक वर्षको अप्रिल १५ लाई विश्व आरोग्य दिवस मनाउने घोषणा गरिसकेको छ । उक्त दिवसलाई मुलुकभर अभियानका रुपमा सञ्चालन गर्ने, ‘आरोग्य पर्यटन गन्तव्य नेपाल, आर्थिक समृद्धिको आधार’ भन्ने दूरदृष्टिसहित राष्ट्रिय आरोग्य पर्यटन रणनीति (सन् २०२६ देखि २०३५ सम्म) तथा यससम्बन्धी कार्ययोजना (सन् २०२६ देखि २०३० सम्म) जारी भइसकेको मन्त्री पोखरेलले बताउनुभयो ।

उहाँले सन् २०३० सम्ममा कुल अन्तरराष्ट्रिय पर्यटक आगमनमा आरोग्य पर्यटकको हिस्सा ११ प्रतिशत पु¥याउने सरकारले लक्ष्य लिएको उल्लेख गर्नुभयो । साथै सन् २०३५ सम्ममा पर्यटकको सन्तुष्टिस्तर ८.५ र १० कायम गर्ने समेत सरकारको योजना रहेको उहाँको भनाइ छ ।

सरकारले गत चैतमा सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धित १०० बुँदामा आरोग्य पर्यटनसम्बन्धी आवश्यक व्यवस्था गर्ने उल्लेख गरेको थियो ।

प्रवक्ता पोखरेलका अनुसार सरकारले उदयपुर (कोशी नदी आसपास), अछाम (रामारोशन), बाजुरा बडिमालिका, अपी हिमाल ट्रेकिङ रुट, दोर्दी हिमाल ट्रेकिङ रुटलगायत क्षेत्रमा व्यवस्थित पर्यटनका लागि आवश्यक अध्ययन प्रतिवेदन तयार पारेको उल्लेख गरेको छ ।

सरकारले गत वैशाख २ गते नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई एकीकृत रुपमा सञ्चालन गर्ने उद्देश्यले ‘नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठान विकास समिति (गठन आदेश), २०८२ स्वीकृत गरी सञ्चालनमा ल्याइसकेको जनाएको छ ।

साथै यस अवधिमा रामजानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरी चारकिल्ला तोक्ने कार्य अन्तिम चरणमा रहेको, आन्तरिक हवाई सेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ तर्जुमा गरेको, नेपालमा सञ्चालित सबै वायुसेवा कम्पनीहरूको हवाई टिकट अनलाइन प्रणालीबाट बिक्री गर्ने व्यवस्था मिलाएको मन्त्री पोखरेलको भनाइ छ । सोबाट टिकट खरिद बिक्री प्रणाली व्यवस्थित भएको तथा डिजिटल, पूर्वानुमानयोग्य र पारदर्शी टिकट प्रणाली कायम भई नागरिकको सहज र समान पहुँच कायम भएको उहाँको भनाइ छ ।

सरकारले १०० दिनमा पर्वतारोहण अनुमतिसम्बन्धी निवेदन, राजस्व, अनुमति प्रमाणपत्र, डिब्रिफिङ प्रतिवेदन र प्रमाणपत्रका साथै होटल तथा क्यासिनोलगायतका अधिकांश सेवा डिजिटल माध्यमबाट प्रवाह हुने व्यवस्थाको सुरुआत गरेको जनाएको छ ।

साथै पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा आगामी सेप्टेम्बरदेखि नियमित अन्तरराष्ट्रिय उडान सुरु गर्ने गरी फ्लाई दुबईको ‘समर’ र ‘विन्टर सिजन’को उडान तालिका स्वीकृत भइसकेको जनाएको छ ।

मन्त्री पोखरेलका अनुसार कर्णाली, सुदूरपश्चिमलगायत सम्बन्धित क्षेत्रका नागरिकलाई आवागमनमा सहजताका लागि नेपालगञ्ज, सुर्खेत र धनगढी विमानस्थलमा एक÷एकवटा र लुम्बिनीमा दुईवटा विद्युतीय बस सञ्चालनमा ल्याएको जनाएको छ ।  रासस