१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा

काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा
अ अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ ।

शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजना गरिएको औपचारिक समारोहमा काठमाडौँ जिल्ला खोप समन्वय समितिका सदस्य सचिव सागरप्रसाद घिमिरेले महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोललाई पूर्ण खोप सुनिश्चित भएको प्रमाण पत्र प्रदान गर्नुभएको हो ।

समारोहमा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले वडा कार्यालयहरुलाई पूर्ण खोप सुनिश्चित वडा प्रमाण पत्र प्रदान गर्नुभयो ।

समारोहमा अधिकारीहरुले आगामी दिनमा कुनै पनि बालबालिकालाई खोपबाट बञ्चित हुन नदिने प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । समारोहमा स्वास्थ्य विभागका खोप फोकल पर्सन मैयाँ सैँजुलाई पूर्ण खोपका लागि योगदान दिएवापत सम्मान प्रदान गरिएको थियो ।

त्यस अवसरमा बोल्दै कार्यवाहक प्रमुख डंगोलले, खोप बालबालिकाको जन्मसिद्ध अधिकार भएको उल्लेख गर्दै आफ्ना अधिकारका बारेमा बोल्न नसक्ने बालबालिकालाई अभिभावक र सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।

‘बाल मृत्यृदर घटाउन, व्यक्तिमा हुन सक्ने अपाङ्गता घटाउन खोप प्रभावकारी माध्यम हो ।’ डंगोलले भन्नुभयो, ‘बालबालिकालाई जोखिमबाट बचाउन सक्रिय स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविकाको योगदान अतुलनीय छ । हरेक बालबालिकालाई खोपबाट बञ्चित हुन नदिन हरेक अभिभावकहरुलाई दायित्व निर्वाह गर्न अनुरोध गर्दछु ।’

‘पूर्ण खोप सुनिश्चित गर्न २०८२ जेठ २८ गतेदेखि स्वास्थ्य विभागले खोप लगाउनबाट छुटेका लक्षित समूहका बालबालिका खोज्ने र खोप लगाउने कार्यक्रम ‘घरधुरी सर्वेक्षण’ प्रारम्भ ग¥यो ।’

महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित गराउन पूरा गरेका प्रक्रियाका विषयमा जानकारी दिँदै स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी. ले भन्नुभयो, ‘घरधुरी सर्वेक्षणबाट शून्य खोप अवस्थामा भेटिएका ६ जना र आंशिक खोप लगाएका १४९ जना बालबालिकालाई खोप प्रदान गरेपछि खोप सुनिश्चित भएको हो ।’

काठमाडौँ महानगरपालिकाभित्र जन्मेदेखि ५ वर्षसम्मका ८९ हजार ५६ बालबालिका लक्षित समूहमा छन् । यसमध्ये घरधुरी सर्वेक्षणमा २० हजार ५१ जना बालबालिकासँग सम्पर्क भएको थियो ।
घरधुरी सर्वेक्षणमा जन्मेदेखि १५ महिनासम्मका ३५ हजार ३३२ जना बालबालिका लक्षित समूहमा थिए । यस समूहमा ४ हजार ८ सय बालबालिका भेट्टाइए । यीमध्ये ३ जनामा शुन्य डोज खोप थियो भने १६ जनाले आंशिक खोप लगाएका थिए ।

१६ महिनादेखि २३ महिनासम्मका ९ हजार १०७ जना बालबालिका लक्षित थिए । घरधुरी सर्वेक्षणका क्रममा ३ हजार ८६८ जना बालबालिका भेटिए । जसमा १ जनामा शून्य डोज थियो । ५० जनामा आंशिक डोज थियो ।

२४ महिनादेखि ५ वर्षसम्मका ४४ हजार ६१७ जना बालबालिका लक्षित थिए । घरधुरी सर्वेक्षणमा ११ हजार ३८३ जना बालबालिका भेटिए । यसमा २ जनामा शून्य डोज र ८३ जनामा आंशिक डोज थियो । यसरी भेट्टाइएका बालबालिकाहरुलाई खोप प्रदान गरिएको थियो ।

२०८३ असार ३ गतेदेखि ६ गतेसम्म वडाहरुको भेरिफिकेसन गरियो । सबै वडा भेरिफिकेसन भएपछि महानगर खोप समन्वय समितिले असार ११ गते पूर्ण खोप घोषणाका लागि शिफारिस जिल्ला खोप समन्वय समितिलाई शिफारिस पठायो । जिल्ला समन्वय समितिबाट असार १५ गते महानगरपालिका पूर्ण खोप भेरिफिकेसन भयो । यसपछि काठमाडौँ महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित गरिएको हो ।

असार १७ गते जिल्ला खोप समन्वय समितिले काठमाडौँ महानगरपालिकालाई पूर्ण खोप घोषणा, दिगोपना प्रमाणीकरण तथा महानगर पूर्ण खोप घोषणा सभा आयोजना गर्न अनुरोध ग¥यो । यसका आधारमा असार १९ गते ‘काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा सभा’ आयोजना गरिएको हो ।

महानगर खोप नसुश्चित घोषणा भएपछि नेपालमा खोपको इतिहास सम्झना गर्दै स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, खोप शाखा प्रमुख डा. अभियान गौत्तम भन्नुभयो, ‘भीमसेन थापाको पालामा काठमाडौँ उपत्यका र काभ्रेमा फैलिएको विफरको महामारी रोक्न खोप लगाएपछि विफर नियन्त्रण थियो । यसपछि जनताले खोप लगाएपछि महामारीबाट बच्न सकिन्छ भन्ने विश्वाश बढेको हो ।’ उहाँले भन्नुभयो, ‘त्यसपछि संक्रामक समस्या घटाउन र प्रतिरोधात्मक क्षमता बढाउन खोप कार्यक्रम सञ्चालनले नियन्तरता पाएको हो । क्रमशः खोप सेवा स्थानीय सरकारबाट प्रभावकारी रुपमा सञ्चालन भएको गौत्तमको भनाइ छ । नेपालमा २०३४ सालदेखि विस्तारित खोप कार्यक्रम सुरु भएको हो ।

‘खोपकै कारण मानव सभ्यतालाई पोलियो शून्य बनाउन सकिएको हो ।’ स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख सागरप्रसाद घिमिरेले भन्नुभयो, ‘खोपकै कारण मानिसलाई मृत्युको मुखबाट जोगाउन सकिएको छ ।’ सरकारले खोप कार्यक्रममा गरेको लगानीबाट समुदायमा प्रत्यक्ष लाभ पुगेको उहाँको भनाइ छ ।

काठमाडौँलाई पहिलो पटक २०७४ साल पुस महिनामा पूर्ण खोप घोषणा गरिएको हो । खोपको दिगोपनालाई कायम राख्न यसपटक खोप सुनिश्चित घोषणा गरिएको हो ।