२० असार २०८३, शनिबार
,
Latest
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासंघका उपाध्यक्ष ढकाललाई धौलागिरी गण्डकी राष्ट्रिय सम्मान



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्दप्रसाद ढकाललाई धौलागिरी गण्डकी राष्ट्रिय सम्मान प्रदान गरिएको छ । धौलागिरी समाज नेपालले उहाँलाई गत शनिबार सो सम्मान प्रदान गरेको हो । 

उपाध्यक्ष ढकाललाई सो समाजका तर्फबाट समाजका सल्लाहकार एवं पूर्वप्रधानन्यायाधीश कल्याणराज श्रेष्ठ र नेपाल सरकारका पूर्व मुख्यसचिव मुकुन्दप्रसाद शर्माले सम्मान गर्नुभएको हो । पूर्व मुख्यसचिव पौडेल सो समाजका अध्यक्ष हुनुहुन्छ । 

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालको जन्मघर बागलुङ हो । नेपालका एकजना उद्योगीका रुपमा उहाँले नेपालको आर्थिक तथा उद्यमशिलताका क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप उहाँलाई यो सम्मान प्रदान गरिएको हो । 

यसैगरी शनिबार धौलागिरी समाज नेपालको बार्षिक साधारण सभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न साधारण सभाले केदारनाथ गौतमको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको थियो । 

कार्यक्रममा पूर्ब प्रधानन्यायाधीश कल्याण श्रेष्ठले धौलागिरीको विकासको लागि समाजले योगदान पुर्याएको बताउनुभयो । कार्यक्रममा ढकालसहित पूर्वमन्त्री डा.रामचन्द्र अधिकारी, नेपाल सरकारका पूर्व पूर्बसचिव मोहन कृष्ण सापकोटा, शिक्षा सचिब महाश्रम शर्मा, धौलागिरी समाजका संरक्षक मोतिबहादुर कुँवर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा पूर्व सचिव मोहनकृष्ण सापकोटा, महाश्रम शर्मा, रामबहादुर के।सी। मोतिबहादुर कुँवरलाई पनि सम्मान गरिएको थियो । त्यसैगरी ट्रष्टी अन्य ट्रस्टिहरु योगेश्वर ढकाल, राजेन्द्र प्रसाद तिवारी, अशोक शेरचन, रामचन्द्र तिवारी, सुन्दर भुसाल लगायतलाई प्रमाण पत्र प्रदान गरिएको थियो । 

साभारण सभाबाट केदारनाथ गौतमको अध्यक्षतामा नयाँ समिति र गोविन्द प्रसाद शर्माको संयोजकत्वमा कालीगण्डकी सभ्यता बचाउ महाअभियानको समिति गठन भएको निर्वाचन समितिका संयोजक ज्ञानेन्द्र पौडेलले जानकारी दिए । धौलागिरी समाजको उपाध्यक्षमा भक्तराज भुसाल, रमेश सुवेदी, शक्तिलाल ज्वारचन, सरस्वती सापकोटा चयन भएका छन् । 

त्यसैगरी, महासचिवमा रामचन्द्र पौडेल, सचिवमा खिमानन्द कँडेल, कोषाध्यक्षमा एकनारायण उपाध्याय, सहकोषाध्यक्षमा रामचन्द्र तिवारी चयन भएका छन् ।

सदस्यहरुमा गोविन्द प्रसाद शर्मा, डिलाराम सुवेदी,जैशरा शर्मा पंगेनी, इश्वरी प्रसाद ढकाल, दिलीप पौडेल, रामबहादुर अधिकारी, टेकनारायण आचार्य, सरोज कुमार श्रेष्ठ, भगवती शेरचन, गंगादेवी शर्मा, धनन्जय पौडेल, सुन्दर भुसाल,कृष्ण समिप सुवेदी, सञ्जिला गौतम, डिल्लिप्रसाद शर्मा, भिमलाल गौतम रहेका छन् ।