२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीसंग प्रचण्ड-नेपाल पक्षले माग्यो स्पष्टीकरण, तीन दिनभित्र जवाफ दिन पत्र



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा विघटन गरेर संविधानविपरीत काम गरेको भन्दै नेकपा नेकपा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग स्पष्टीकरण माग गरेको छ । पार्टी स्थायी कमिटीको निर्णयअनुसार प्रचण्ड–नेपाल समूहले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही किन नगर्ने भन्दै स्पष्टीकरण माग गरेको हो । स्थायी कमिटीको निर्णय लिएर नेकपाका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकाल सोमबार प्रधानमन्त्री निवास पुग्नुभएको थियो ।

माघ ४ गते बसेको स्थायी कमिटीको निर्णयअनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले हस्ताक्षर गरेको पत्र बालुवाटारमा बुझाइएको हो, जसमा विधानविपरीत गतिविधि गरेकाले तपाईंलाई थप कारबाही किनन गर्नेरु भनेर स्पष्टीकरण माग गरिएको कार्यालय सचिव ढकालले जानकारी दिनुभयो । नेकपाको पार्टी विधानको धारा ५६ मा अनुशासनको कारबाहीबारे उल्लेख गरिएको छ । कार्यालय सचिव ढकालले आफूहरु पार्टी अध्यक्ष ओलीलाई नै स्पष्टीकरणपत्र बुझाउन गए पनि गेटमा भएका कर्मचारीले प्रधानमन्त्रीसमक्ष पुर्याउने बताएपछि गेटमै दिएर फर्किएको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘एक पेजको स्पष्टीकरणपत्र हामीले गेटमा बुझाएर फर्कियौं, कर्मचारीले पत्र बुझ्ने कि नबुझ्ने भनेर प्रधानमन्त्रीको सचिवालयसँग जवाफ माग्ने काम भयो, सचिवालयले बुझ्ने भएपछि पत्र छोडेर आयौं ।’ ढकालका अनुसार अध्यक्ष ओलीले पार्टीको विचार सिद्धान्त, विधिविपरीत निर्णय गरेको हुनाले तपाईं (ओली)लाई किन कारबाही नगर्ने भन्ने विषय उल्लेख गरिएको छ । ‘तीन दिनभित्र स्पष्टीकरण दिन पनि जवाफमा भनिएको छ।’ –उहाँले भन्नुभयो ।

संसद् विघटन भएसँगै नेकपाभित्र दुवै समूह कारबाहीमा आक्रामकरुपमा उत्रिएका छन् । यसअघि ओली समूहको बैठकले प्रचण्डलाई पार्टीको अध्यक्षबाट हटाउने निर्णय गरेको थियो । प्रचण्ड–नेपालपक्षले ओलीलाई अध्यक्षबाट र विष्णु पौडेललाई महासचिवबाट हटाएको पत्र निर्वाचन आयोगमा बुझाएको छ ।

पार्टीको आधिकारिकताको विषय निर्वाचन आयोगमा विचाराधीन रहेको अवस्थामा नेकपामा एक पक्षले अर्को पक्षलाई कारबाही गर्ने क्रमलाई तीव्रता दिएका छन् । प्रचण्ड–नेपालपक्षले सचिवालय स्थायी समिति र केन्द्रीय सदस्यमा आफ्नो बहुमत रहेको दाबी गर्दै आएको छ । नेपाल समाचारपत्र दैनिक