• ८ असार २०८१, शनिबार
  •      Sat Jun 22 2024
  •   Unicode
Logo
Latest
★   मलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो छैन – प्रधानमन्त्री दाहाल ★   भारतीय टोलीका ब्याट्सम्यानको प्रदर्शनबाट सन्तुष्ट छैनन् प्रशिक्षक ★   इटालीको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो ★   स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा – उपप्रधानमन्त्री श्रेष्ठ ★   युक्रेनको उर्जा पूर्वाधारमा रुसी आक्रमण ★   बजेटका कारण सत्ता साझेदार दलबीच समस्या नहुने ★   नेकपा एसको महाधिवेशनका लागि एक हजार आठ सय प्रतिनिधि छनोट ★   जङ्गली हात्तीको दारासहित तीन पक्राउ ★   तनहुँमा जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु ★   प्रहरीद्वारा एक करोडको सामान बरामद

नेपाल लाइफको एजीएम माघ २८ गते हुने तय, २ जना सञ्चालकहरु चयन गरिने



काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सको २० औं वार्षिक साधारण सभा (एजीएम) माघ २८ गते हुने भएको छ ।

सोमबार बसेको सञ्चालक समितिको बैठकले होटल भिष्वा, वीरगञ्जमा साधारण सभा गर्ने निर्णय गरेको छ। उक्त सभा बिहान ९ बजे हुने भएको जनाएको छ । 

उक्त सभाबाट सञ्चालक समितिले प्रस्ताव गरेको ३१ प्रतिशत  बोनस शेयर र २० प्रतिशत नगद गरी कुल ५१ प्रतिशत  लाभांश पारित गर्नेछ ।  

साधारण सभा प्रयोजनका लागि माघ १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय पनि बैठकले गरेको बताइएको छ ।  साथै सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरु चयन गर्नेछ ।