काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सको २० औं वार्षिक साधारण सभा (एजीएम) माघ २८ गते हुने भएको छ ।
सोमबार बसेको सञ्चालक समितिको बैठकले होटल भिष्वा, वीरगञ्जमा साधारण सभा गर्ने निर्णय गरेको छ। उक्त सभा बिहान ९ बजे हुने भएको जनाएको छ ।
उक्त सभाबाट सञ्चालक समितिले प्रस्ताव गरेको ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद गरी कुल ५१ प्रतिशत लाभांश पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि माघ १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय पनि बैठकले गरेको बताइएको छ । साथै सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरु चयन गर्नेछ ।