२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar हुम्लाकाे सिमकोट बजारमा म्याद गुज्रिएका खाद्यवस्तु फेला News Polar भोटेकोशी बाढी प्रभावितलाई तीन संस्थाद्वारा ३५ लाख सहयोग News Polar भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद News Polar काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो News Polar दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जा पखाइमा News Polar आज विश्व अण्डा दिवसः नेपालमा ‘जुम्बा डान्स’ र ‘एक वाक’कार्यक्रम News Polar पोखरा बस दुर्घटनाका घाइतेमध्ये एक जनाको आईसीयूमा उपचार News Polar कोरलानाकाबाट ५४३ टन फलफूल आयात News Polar युवा शक्तिलाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar ‘नयाँ बसपार्कको यथार्थ–उत्साह, अनिश्चितता र डिजिटल युगमा ‘नगद मात्र’ को सास्ती’ News Polar २ महिनाका लागि ७० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक News Polar कांग्रेसको १५औँ महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो News Polar राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु News Polar भोटेकोशीमा ज्यान गुमाएकाको मुक्तिको कामनासहित पाठपारायण News Polar सिनालोआको जेलमा दङ्गा, १० जनाको मृत्यु News Polar मध्यावधि चुनावअघि इरानमा आक्रमण नगर्ने ट्रम्पको घोषणा News Polar अझै बेचैन छन्–बाढीले खोसेका राष्ट्रसेवकका परिवार News Polar उखु किसानलाई डेढ अर्ब रुपैयाँभन्दा बढी अनुदान वितरण गरिने News Polar पोखरामा स्कुल बस दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो

आकर्षक गन्तव्य चन्द्रागिरि हिल्स (फोटो फिचर)

आकर्षक गन्तव्य चन्द्रागिरि हिल्स (फोटो फिचर)
अ अ+ अ-

काठमाडौं । काठमाडौंमा जनघनत्व बढ्दो छ । त्यसअनुसार घुमघामका लागि नयाँनयाँ गन्तव्यहरु बनाउने होडबाजी जस्तै छ । तर काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने चन्द्रागिरि हिल्स आकर्षक, लोकप्रिय र प्रमुख गन्तव्य बनेको छ ।

धर्मकर्म गर्न, बालबालिकालाई घुमाउनदेखि मनोरन्जन गर्नसम्म यो डाँडा चर्चित बनेको छ । यहाँ अहिले दैनिक हजारौं मानिस पुग्ने गरेका छन् । विदेशी पर्यटकको रोजाइमा पनि चन्द्रागिरि हिल्स परेको छ ।

समुद्र सतहदेखि २५ सय ५१ मिटर अग्लो चन्द्रागिरिको मौसम सधैंजसो चिसो मौसम छ । अग्लो ठाउँमा भालेश्वर महादेवको मन्दिर छ । थानकोट, चित्लाङ र मार्खु आसपासका बासिन्दा परापूर्वकालदेखि नै दै यो मन्दिरमा पूजा गर्न जाने गरेका थिए । अहिले यो मन्दिरलाई प्यागोडा शैलीमा पुनर्निर्माण गरिएको छ । अहिले त झन् देशविदेशमा मानिस यो मन्दिरमा पुगेर पूजा आजा गर्ने गर्दछन् । मन्दिर परिसरबाट काठमाडौं उपत्यका र अन्नपूर्णदेखि सगरमाथासम्मको हिमशृंखला देखिन्छ ।

चन्द्रागिरिबाट काठमाडौं उपत्यका नियालेपछि पृथ्वीनारायण शाह नेपाल एकीकरणमा उत्प्रेरित भएको ऐतिहासिक सन्दर्भ छ । काठमाडौं उपत्यकामा आक्रमण गर्नुअघि उनले भालेश्वर मन्दिरमा पूजापाठ गरेको भनाइ छ ।

झन्डै एक दशकअघिदेखि सञ्चालन गर्न थालिएको केबल कारले त चन्द्रागिरि डाँडोलाई पर्यटकीय गन्तव्यका रूपमा चर्चामा ल्याएको छ ।

अहिले यहाँ दैनिक ५ हजारसम्म मानिसहरु पुग्ने गरेका छन् । बिदाका दिन आन्तरिक तथा वाह्य पर्यटकको भीड हुन्छ ।

भालेश्वर मन्दिर पश्चिमको २,५४७ मिटर उचाइमा भ्यू–टावर निर्माण गरिएको छ । त्यसको दक्षिण–पश्चिममा बाल उद्यान र पश्चिममा सभा हल छन् । यी दुवै स्थानबाट पनि काठमाडौं उपत्यका र हिमशृंखला दृश्यावलोकन गर्न सकिन्छ । बार, रेस्टुरेन्ट, फास्टफुड सेन्टरलगायतका सुविधा भएको चन्द्रागिरि बालबालिकादेखि ज्येष्ठ नागरिकको समेतको मन जित्न सफल भएको छ ।

यो डाँडामा प्याराग्लाइडिङदेखि जीप लाइनसम्मको व्यवस्था छ ।

डाँडाको दक्षिणी थुम्कोमा चन्द्रागिरि हिल्स लि.ले नै पाँचतारे रिसोर्टसमेत बनाएको छ ।