२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी सरकार गठनविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा



अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार दायर गरेको रिटको पेशी आज तोकिएको छ ।

सरकार गठनविरुद्ध दायर रिटको पेशी सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालको एकल इजलासमा तोकिएको हो ।

नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएपछि त्यसविरुद्ध केदार कार्कीले रिट दायर गरेका हुन् ।

कार्कीले रिट निवेदनमा अन्तरिम आदेशमार्फत सरकार गठनका निम्ति दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वानलाई बदर माग गर्नुका साथै आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले भने बिहीबारै हिक्मत कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन् ।