• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

रवि लामिछानेलाई रास्वपा सभापतिको हैसियतले संसदमा बोल्न दिने कांग्रेसको निर्णय



file photo

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानलाई संसदमा बोल्न दिने निर्णय गरेको छ ।

शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले रविसहितका शिर्ष नेताहरुलाई आज संसदमा बोल्न दिने निर्णय गरेको हो ।

सहकारी मुद्दामा लामिछानेमाथि संसदीय छानविन समिति गठनको माग गर्दे कांग्रेसले सदन अवरोध गर्दै आएको छ । गृहमन्त्री लामिछानेले भने यस विषयमा संसदको रोष्टममा आफूले प्रष्टीकरण दिन पाउनुपर्ने अडान लिइरहेका थिए ।

कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले लामिछानेलाई रास्वपा सभापति र सांसदको हैसियतले बोल्न दिने र उनीबारे उठेका विषयमा संसदीय छानबिन समिति नभएसम्म बैठक अबरुद्ध गर्ने रणनीति पार्टीले लिएको बताए ।

संसदको बजेट अधिवेशन आजबाट प्रारम्भ हुँदैछ ।