१० बैशाख २०८२, बुधबार
April 23, 2025 Wednesday

29.27°C

काठमाडौं

29.27°C

Kathmandu

Feels-like: 27.88

Wind: 3.09

Humidity: 26

Latest
काश्मीरमा २६ जनाको हत्या गर्ने बन्दुकधारीको खोजीमा भारत प्रगतिशील प्राध्यापक सङ्गठनमा नयाँ नेतृत्व चयन सुनको मूल्य तोलामा एकैदिन ७५०० ले घट्यो भारतीय प्रधानमन्त्रीले नेपालका धार्मिक स्थलको प्रचार गर्छन्, हाम्रा प्रधानमन्त्रीहरुलाई मतलव छैनः उपसभापति गुरुङ कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध परराष्ट्रमन्त्रीद्वारा कश्मिरमा भएको आतंककारी हमलाप्रति दु:ख व्यक्त पहिरोले अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो घनश्याम भुसाललाई विष्णु रिमालको चुनौती– आफ्नै पार्टी ‘खत्रा’ बनाएर देखाए हुन्न ? अदालतको आदेशअनुसार तोकिएको समयमा नै महाधिवेशन हुन्छः शेष घले सरकारबाट आतङ्कवादी हमलाको निन्दा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेलाई रास्वपा सभापतिको हैसियतले संसदमा बोल्न दिने कांग्रेसको निर्णय



file photo
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानलाई संसदमा बोल्न दिने निर्णय गरेको छ ।

शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले रविसहितका शिर्ष नेताहरुलाई आज संसदमा बोल्न दिने निर्णय गरेको हो ।

सहकारी मुद्दामा लामिछानेमाथि संसदीय छानविन समिति गठनको माग गर्दे कांग्रेसले सदन अवरोध गर्दै आएको छ । गृहमन्त्री लामिछानेले भने यस विषयमा संसदको रोष्टममा आफूले प्रष्टीकरण दिन पाउनुपर्ने अडान लिइरहेका थिए ।

कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले लामिछानेलाई रास्वपा सभापति र सांसदको हैसियतले बोल्न दिने र उनीबारे उठेका विषयमा संसदीय छानबिन समिति नभएसम्म बैठक अबरुद्ध गर्ने रणनीति पार्टीले लिएको बताए ।

संसदको बजेट अधिवेशन आजबाट प्रारम्भ हुँदैछ ।