• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

‘अहिले कसैले हिटलरजस्तै अधिकार खोजेर हुन्छ ?’



काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी छ ।

मंगलबार मुद्दाको सुनुवाइमा बहस गर्दै अधिवक्ता हर्कबहादुर रावलले अहिले कुनै शासकले पृथ्वीनारायण शाह, हिटलर वा विन्सटन चर्चिलको पद्धति खोज्न नपाउने बताउदै उनले संविधानले तोकेभन्दा बाहिरको सीमामा कोही जान नसक्ने तर्क गरेका हुन् ।

'यहाँ आज आएर कुनै शासकले पृथ्वीनारायण, हिटलर वा चर्चिलको पद्धति खोज्न पाउँदैन', उनले भने, 'यस्तो पद्धति आजको हाम्रो संविधानले स्वीकार्दैन । हाम्रो पद्धतिले शासकको विशेषाधिकार हेर्दैन । नगरिकका विशेषाधिकार हेर्छ ।'

संविधानले  प्रधानमन्त्रीलाई संसद विघटनको विशेषाधिकार नदिइएको उनको तर्क छ । 

त्यसपछि रावललाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रश्न गरे, 'प्रधानमन्त्रीले संसदमा जाने, संसदीय दलमा गएर सबै प्रक्रिया पूरा गर्यो अनि पनि विघटन गर्यो भने के गर्ने ? त्यसको हल के छ ?' 

रावलको जवाफ नआउँदै जबराले पुनः सोधे, 'संसद्ले सहयोग गरेन भने विघटन गर्न पाउँछ ?'

रावलले उत्तर दिए, 'पाउँदैन ।' 

जबराले फेरि सोध, 'प्रधानमन्त्री होइन, दलले नै चलाउँदिनँ भन्यो भने के गर्ने ?'

रावलले त्यही उत्तर दिए, 'पाउँदैन ।'