• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, उपेन्द्र यादव अनुपस्थित



तस्बिर : प्रदीपराज वन्त/

काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । बैठकमा उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव अनुपस्थित भएका छन् ।

यादव अमेरिका भ्रमणबाट फर्किएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकमा उनी अनुपस्थित रहेका हुन् ।

उपप्रधानमन्त्री यादव विदेश हुँदैमा उनको नेतृत्वमा रहेको जसपा नेपाल विभाजित भएको थियो । आइतबार अशोक राईको नेतृत्वमा जसपा विभाजित बनेपछि निर्वाचन आयोगले सोमबार आधिकारिकता दिएको थियो ।

आजको मन्त्रिपरिषद् बैठकमा यादव अनुपस्थित रहनुलाई अर्थपूरण रुपमा हेरिएको छ । उनी पार्टी कार्यालयमै नेता तथा कार्यकर्तासँग भेटघाटमा रहेको एक नेताले बताए ।