३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा अस्थिरताको कारक बन्दैन: अध्यक्ष राई



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले जसपा अस्थिरताको कारक नहुने बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारको अंकगणित मिलिरहेको भएपनि सरकारलाई अस्थिरतातर्फ लैजाने प्रयास पार्टीमा ‘अण्डरकरेन्ट’ चलिरहेको आफूले जानकारी पाएकाले सरकार स्थिर बनाउनुपर्नेमा आफूहरु एक ठाउँमा उभिएको बताउनु भयो ।

अध्यक्ष राईले आफ्नो पार्टी अनियमित, गैरसंवैधानिक र गैरकानूनी ढंगले दर्ता नभएको भन्दै अदालत जाने बाटो सबैलाई खुला रहेको बताउनु भयो । उहाँले संवैधानिक अंगले वकीलहरुको जवाफ बहससमेत गराएर सहमति र स्वीकृति दिने काम गरेको भन्दै संविधानसम्मत दल दर्ता भएको बताउनु भयो । उहाँले कसैसँग पनि लेनदेनका आधारमा पार्टी विभाजन नगरेको बताउनु भयो । विभाजनको कारण सैद्धान्तिक, राजनीतिक, शैलीगत, नीतिगत कुरामा मत भिन्नता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अंकगणित त मिलेकै थियो, यहाँहरुलाई थाहा छँदैछ । अलिकति अंकगणितलाई फेरफार गर्ने गतिविधि पनि अण्डरकरेन्ट चलिरहेको छ भन्नेकुरा मिडियाहरुमा आयो । त्यो चिज अलिकति संवेदनशील थियो । त्यसको सत्यता सञ्चार क्षेत्रलाई नै बढी थाहा हुनसक्छ । हामी शतर्क हुनुपर्ने पक्ष के थियो भने अस्थिरताको शिकार जसरी मुलुक बनेको छ, त्यो अवस्था रहनु हुँदैन, हामी त्यसैकारण संघीय समाजवादी पार्टी बनिसकेपछि हामी अस्थिरताको कारक हुँदैनौँ भनेर हामीले घोषणा गरेका छाँै ।’

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवमा स्वेच्छाचारिता हाबी भएकाले नयाँ पार्टी गठन गर्नुपरेको बताउनु भयो । महाधिवेशन नै कब्जा गरेर अनियमित ढंगले आफ्नो मुठीभित्र पार्टी राख्ने गतिविधि उपेन्द्र यादवमा देखिएकाले नयाँ पार्टी गठन गर्नुपर्ने स्थिति आएको दाबी गर्नुभयो ।