२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वमा कति छन् मोबाइल प्रयोगकर्ता ? जान्नुहोस्



अ+ अ-

काठमाडौं । विश्वका ६ अर्बभन्दा बढी व्यक्तिसँग मोबाइल फोन रहेको तथ्यांक सार्वजनिक भएको छ। विश्वमा जति जनसंख्या छ लगभग त्यत्तिकै संख्यामा मोबाइल प्रयोगकर्ता पनि रहेको कुरा संयुक्त राष्ट्रसंघीय टेलिकम संस्थाले जनाएको छ।

सञ्चारका कारण संसार अहिले यति साँघुरो भएको छ कि मोबाइल नहुने मानिसले कसरी आफ्नो दिनचर्या चलाउँलान भनेर अचम्म मान्नु पर्ने अवस्था छ। अन्तर्राष्ट्रिय दूरसञ्चार  युनियनका अनुसार त्यसमध्ये १ अर्ब मोबाइल त चिनियाँ नागरिकले नै प्रयोग गर्छन्। १ सय ५५ देशमा गरिएको अध्ययनपछि यो तथ्यांक  सार्वजनिक गरिएको हो। 

स्वीजरल्यान्डको जेनेभामा मुख्यालय रहेको अन्तर्राष्ट्रिय दूरसञ्चार युनियनले सन् २०११ को अन्त्यसम्ममा विश्वका  दुई अर्ब व्यक्तिले इन्टरनेटको प्रयोग गरिरहेको पनि जनाएको छ।