२६ मंसिर २०८२, शुक्रबार
,
Latest
ओलीलाई कारबाही गर्ने प्रयास नेपालको राज्यसंयन्त्रलाई ध्वस्त पार्ने चाल: नेतृ रामकुमारी झाँक्री मुग्लिन पोखरा सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र थालियो नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने एमालेको सचिवालय बैठक बस्दै, पदाधिकारीको संख्या फेरि बढाउने ! यसरी तयार हुदैछ एमालेको ११ औँ महाधिवेशन स्थल पैसठ्ठी वर्षका ऐरको ठेला व्यवसाय, स्वाभिमान र मेहेनतको जिउँदो कथा निर्वाचन आउन ८३ दिन बाँकी : जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मल लामा असल राजनीतिज्ञ हुनुहुन्थ्यो: प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी नेता निर्मल लामा एक असल राजनीतिज्ञ हुनुहुन्थ्यो भन्नुभएको छ ।

आज बिहान माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २४ औँ स्मृति दिवसमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

नेता लामालाई सम्झदै प्रधानमन्त्रीले भन्नुभयो, “निर्मल लामा नेपाली कम्युनिस्ट आन्दोलनको एक प्रेरणादायी व्यक्तित्व हो । मुख्यत: २०३३/०३४ सालतिर नेपालमा जनवादी क्रान्तिको बहसका सन्दर्भमा उहाँले प्रस्तुत गर्नुभएको विचार महत्वपूर्ण छन् । कम्युनिस्ट आन्दोलनको विकास र रणनीति एवं कार्यदिशामा उहाँ आदर्श नेता हुनुहुन्थ्यो ।”

प्रधानमन्त्रीले निर्मल लामाको जीवनबाट नेपालका कम्युनिस्ट नेताहरूले प्रेरणा लिएका बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँ पारदर्शी नेता हुनुहुन्थ्यो, खुला हुनुहुन्थ्यो, आफ्नो निष्ठामा दृढ र गरिखाने वर्गप्रति प्रतिबद्ध हुनुहुन्थ्यो । राम्रो विचार र स्पष्टवक्ता हुनुहुन्थ्यो । समग्रमा उहाँ एक असल राजनीतिज्ञ हुनुहुन्थ्यो ।”

त्यस अवसरमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायत नेताहरू नेता लामाको योगदानबारे चर्चा गर्नुभएको थियो ।