२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले दाबी पेश गर्ने, केदार कार्की अदालत जाँदै



फाईल फोटो
अ+ अ-

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की दाबी पेश गर्दै हुनुहुन्छ । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेपछि एमाले र माओवादी केन्द्रका ५२ जना प्रदेशसभा सदस्यको समर्थनमा कार्कीले दाबी पेश गर्न लाग्नुभएको हो ।

एमाल र माओवादी केन्द्रले संविधानको धारा १६८ को उपधारा २ अनुसार बहुमतको सरकार बनाउने कसरत गरे पनि प्रदेश प्रमुखले उपधारा ५ अनुसार सरकार गठन गर्न आह्वान गरेपछि त्यही अनुसार कार्कीले दाबी पेश गर्न लाग्नुभएको हो ।

प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार मध्यरातमा दुई दिनको समय दिएर संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गर्नुभएको हो । २७ असोजमा केदार कार्की सरकार गठनको अन्तिम विकल्प उपधारा ५ अनुसार नै मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

नेपाली कांग्रेसका ८ सांसदसहित विद्रोह गरेका केदार कार्कीलाई एमालेका ३९ सांसदले समर्थन गरेको थियो । त्यसबेला पनि प्रदेश प्रमुख खापुङले सांसदको हस्ताक्षर सनाखत गरी कार्कीलाई नियुक्ति दिलाउनुभएको थियो ।

हिक्मत कार्की यसअघि दुई पटक मुख्यमन्त्री भइसक्नुभएको छ । २९ पुस २०७९ पहिलो पटक माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले केन्द्रमा सत्ता समीकरण फेरिएपछि १४ असार २०८० मा राजीनामा दिनुभएको थियो ।

सर्वाेच्च अदालतको परादेशपछि २२ भदौ २०८० मा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका कार्कीले २० असोजमा राजीनामा दिनुभएको थियो । केन्द्रमा पुन: एमाले र माओवादी केन्द्रको गठबन्धन बनेपछि कार्की तेस्रो पटक मुख्यमन्त्री बन्न लाग्नुभएको हो । दाबी पेश गरेलगतै समर्थकको सनाखत गराएर प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुहुने छ ।

उपधारा ५ अनुसार सरकार गठन आह्वान भएका कारण दाबी पेशपछि प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गर्ने तयारी रहेको छ । ९३ सदस्यीय कोशीको प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । कार्कीलाई एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थन छ ।

मुख्यमन्त्री केदार कार्की सर्वोच्च जाने

प्रदेश प्रमुखले नयाँ सरकार आह्वान गरेपछि कामचलाउ बनेका मुख्यमन्त्री केदार कार्की भने सर्वाेच्च अदालत जाने तयारीमा लाग्नुभएको छ ।

एउटा सरकार हुँदाहुँदै प्रदेशप्रमुखले नयाँ सरकार गठन आह्वान गरेकाले त्यो खारेज गरी आफूलाई नै मुख्यमन्त्री कायम गर्ने मागदाबी सहित केदार कार्की अदालत जान लाग्नुभएको हो ।