११ श्रावण २०८३, सोमबार
,
Latest
देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, शान्ति र संयमता कायम राख्न अपिल ‘सी चिनफिङ विचारधारा’ वैश्विक शासनको वैकल्पिक र सफल मोडेल’ सुरुङमार्ग उद्घाटन हुँदै गर्दा स्थानीय सडकमा, राखे यस्ता माग साउनको दोस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आफूखुसी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सार्वजनिक सूचना विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल यमनका हुथी विद्रोहीद्वारा साउदी अरबको ड्रोन खसालेको दाबी, लाल सागरमा जहाज लक्षित आक्रमण स्पेनमा डढेलोको भीषण संकटः दशौँ हजार नागरिक विस्थापित दक्षिण चीन सागरमा भियतनामी जहाज दुर्घटनाः ४६ चालक दलका सदस्यको सफल उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघ सरकारले कानून निर्माणमा ढिलाइ गर्दा प्रदेशमा कानून कार्यान्वयनमा समस्या आयोः मन्त्री लेखी



अ+ अ-

काठमाडौँ । मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले संघ सरकारले कानून निर्माणमा ढिलाई गरिरहेकाले प्रदेशमा कानून कार्यान्वयनमा समस्या देखिएको बताउनुभएको छ ।

कानून दिवसको अवसरमा गृह, सञ्चार तथा कानून मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखीले संघ सरकारले कानून निर्माणमा तदारुकता नदेखाए प्रदेशहरुमा कानून कार्यान्वयनमा समस्या रही रहने बताउनुभएको हो । उहाँले संघ सरकारलाई कानून निर्माणमा ढिलाई नगर्न आग्रह समेत गर्नुभयो । मधेस सरकारले कम समयमै आवश्यक कानून निर्माणको दिशामा धेरै काम गरेको दाबी गर्दै मन्त्री लेखीले सो को कार्यान्वयनमा जटिलता देखिएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

यो समस्या समाधान गर्नका लागि गृह, सञ्चार तथा कानून मन्त्रालयले विभिन्न क्षेत्रका सम्बन्धित व्यक्तिसँग छलफल तथा संवादलाई अगाडी बढाएको जानकारी दिनुभयो । उहाँले संविधानको पालन तथा ऐन कानूनको पालना तीन तहका सरकार प्रमुख, राज्यका हरेका निकायमा प्रतिनिधित्व गर्नेहरुले गर्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा गृह,सञ्चार तथा राज्य मन्त्री शारदा थापाले जनताले हामी प्रदेस सभा सदस्यहरुको भुमिकाका विषयमा स्पष्ट नरहेको बताउनु भयो । उच्च अदालत जनकपुरका मुख्य न्यायधीश श्रीकान्त पौडेलले मधेसमा कानूनहरु निर्माण भएपनि जनताहरुका बीचमा सो को जानकारी नहुनु चिन्ताको विषय रहेको बताउनु भयो ।