२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने News Polar विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु News Polar भारतका प्रस्तावित राजदूत पाण्डेलाई नेपाल–भारत आर्थिक सम्बन्धका क्षेत्रमा प्राथमिकताका साथ काम गर्न पुनको सुझाव News Polar आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक News Polar कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै News Polar ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट

गृहकार्य पछि मात्र कृषिमा विदेशी लगानी भित्राउन विज्ञहरुको सुझाव

गृहकार्य पछि मात्र कृषिमा विदेशी लगानी भित्राउन विज्ञहरुको सुझाव
अ अ+ अ-

काठमाडौं । नेपालको कृषि क्षेत्र विकासको निम्ति विदेशी लगानी आवश्यक रहेपनि प्रशस्त गृहकार्य आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित ‘कृषिमा विदेशी लगानी खुल्ला किन’ विषय बहस कार्यक्रममा भाग लिदैँ सरोकारवालाहरुले नेपालको कृषि क्षेत्रको विकासका निम्ति विदेशी लगानी आवश्यक भएतापनि प्रशस्त गृहकार्य बिना भित्राउनु नहुने धारणा व्यक्त गरेका हुन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता राम घिमिरेले कृषिमा विदेशी लगानी चाहिएको भएपनि व्यापक गृहकार्यको आवश्यकता रहेको बताउनुभयो । नेपालको कृषि क्षेत्र व्यवसायिकतातर्फ उन्मुखमात्रै भएको अवस्थामा लगानी चाहिएपनि पर्याप्त छलफल आवश्यक रहेको औँल्याउनुभयो । कृषिमा विदेशी लगानीको लागि सरकारले निकै समयदेखि प्रयास गरिरहेपनि हाललाई आन्तरिक क्षमता बढाउनको निम्ति भन्दै लगानी भित्राइनसकेको उहाँको भनाई छ ।

उद्योग वाणिज्य महासंघका सदस्य अरनिको राजभण्डारीले कृषिमा विदेशी लगानी भित्राउदै गर्दा नेपालका साना किसान विस्थापित हुनुनहुने धारणा राख्नुभयो । नेपालमा साना किसानमा आधारित कृषि रहेको भन्दै उहाँले ति साना किसानलाई रोजगारीको विकल्प हुनुपर्ने बताउनुभयो । यस निम्ति अध्ययन आवश्यक रहेको उहाँको भनाई छ ।

डेरि एशोसियसनका महासचिव प्रल्हाद दाहालले नेपालमा कृषिको लागि लगानी भित्राउन आवश्यक नरहेको बताउनुभयो । कृषिमा लगानी पहुँचवालाहरुलाई जागिर खाने बाटो मात्रै हुने टिप्पणी गर्दै उहाँले कृषिमा लगानी भित्राउने भुल नगर्न सरकारलाई सुझाव दिनुभयो ।

गोल्यान समुहका अध्यक्ष पवन गोल्यानले नेपालमा भएको उद्योगहरु विस्थापित नहुनेगरी विदेशी लगानी भित्राउनुपर्नेमा जोड दिनुभयो । विदेशी लगानीले नेपाली कृषि क्षेत्रलाई घाटा नहुने उहाँको भनाई छ ।

नेपालमा कृषि क्षेत्रको विकासका निम्ति विदेशी लगानी आवश्यक भएपनि कुन क्षेत्रमा आवश्यक हो किटान साथ आउनुपर्ने तथा नेपालका साना किसानहरुको रोजिरोटी गुम्नु नुहुनेमा छलफलमा सहभागीहरुको जोड रहेको थियो ।