११ श्रावण २०८३, सोमबार
,
Latest
आफूखुसी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सार्वजनिक सूचना विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल यमनका हुथी विद्रोहीद्वारा साउदी अरबको ड्रोन खसालेको दाबी, लाल सागरमा जहाज लक्षित आक्रमण स्पेनमा डढेलोको भीषण संकटः दशौँ हजार नागरिक विस्थापित दक्षिण चीन सागरमा भियतनामी जहाज दुर्घटनाः ४६ चालक दलका सदस्यको सफल उद्धार इराक र लेबनानका प्रधानमन्त्रीबीच भेटवार्ताः क्षेत्रीय स्थिरता र द्विपक्षीय सहयोगमा जोड हेटौँडाका शिवालयमा साउनको दोस्रो सोमबार भक्तजनको घुइँचो झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको निधन कोदारी राजमार्गमा दुई मन्त्रीको जम्बो निरीक्षण, राजमार्ग खुल्न भने अनिश्चित
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय मुलका क्रिकेटरलाई बलात्कार मुद्दामा सफाइ, अस्ट्रेलियाली महिलाले आरोप लगाएकी थिइन्



अ+ अ-

एजेन्सी । अस्ट्रेलियामा खेल्ने भारतीय मूलका क्रिकेटर निखिल चौधरी बिग ब्यास लिग (बीबीएल) मा चर्चित नाम हुन् ।

२८ वर्षीय निखिल चौधरीले २०२१ मा टाउन्सभिलमा २० वर्षीया महिलालाई बलात्कार गरेको आरोपबाट सफाइ पाएका छन् । अब उनी बिग ब्यास लिगको होबार्ट हरिकेन्समा पुनरागमन गर्ने खबर छ ।

निखिल चौधरीलाई २०२१ मा टाउन्सभिलमा २० वर्षीया महिलालाई कथित बलात्कारको मुद्दामा निर्णायकहरूले निर्दोष पाएका थिए । क्रिकेट तस्मानियाले न त यो आरोपको बारेमा जानकारी दिएको छ न त अदालतको मुद्दाको बारेमा ।

चौधरी सन् २०२३ को अन्त्यमा मात्रै होबार्ट हरिकेन्समा सामेल भएका थिए । यसपछि फेब्रुअरीमा अर्थात् ट्रायल हुनुभन्दा एक महिनाअघि उनको सम्झौता २०२७ सम्म लम्बियो ।

क्रिकेट तस्मानियाका उच्च प्रदर्शन महाप्रबन्धक सेलियन बीम्सले मिडियालाई भने कि फ्रान्चाइजीले निखिलको मामलामा केही आन्तरिक प्रक्रियाहरू पूरा गरिरहेको छ । उनले आगामी सिजनमा निखिल खेल्ने सम्भावना रहेको बताए ।

सेलियनले निखिलले क्रिकेट तस्मानियालाई आरोप वा अदालतको कारबाहीबारे जानकारी नगरेकोमा निराशा व्यक्त गरे । संस्थाको छविमा असर पर्ने भएकाले संस्थाको दृष्टिकोणले यस्ता सूचना दिनु जरुरी रहेको उनले बताए ।

सन् २०११ मा अस्ट्रेलियामा सुरु भएको बिग ब्यास लिगमा जम्मा आठ टोली छन् । एडिलेड स्ट्राइकर्स, ब्रिसबेन हिट, होबर्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स, मेलबर्न स्टार्स, पर्थ स्कर्सर्स, सिड्नी सिक्सर्स र सिड्नी थन्डर रहेका छन् ।