९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिनमै ८ छाक खाने सरकारी कर्मचारी



अ+ अ-

काठमाडौं । सामान्यता मान्छेले दिनमा कति पटक खान सक्ला ? बढीमा ३–४ पटक । दोलखाको एक सरकारी कार्यालका कर्मचारीले भने दिनमा ८ छाक खाँदा रहेछन् । जिल्ला समन्वय समिति दोलखाका कर्मचारी लक्ष्मी कार्की २०७७ असार ६ गते योजना अनुगमनका लागि एक दिनलाई गाडी भाडामा लिइ जिरी नगरपालिका गएकी थिइन् । त्यही दिन बेलुका फर्किएकी उनले खानाबापत ८ छाकको २ सय ७० रुपैयाँका दरले २ हजार १ सय ६० रुपैयाँ भुक्तानी लिएको पाइएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलोनिका) ले आन्तरिक लेखापरीक्षणमा यस्तो फेला पारेको हो । कार्की यसअघि असार १ र २ गते जिरी नगरपालिकाकै योजनाको अनुगमन गरेकी थिइन् । उनले दुई दिनमा चार कोठा लिएकी थिइने । र, १० छाक खाना खाएको देखाएकी थिइन् । त्यसबापत ९ हजार रुपैयाँ भुक्तानी लिएको पाइएको छ ।

उनैले २०७७ असार ३ गते तामाकोसी गाउँपालिकामा दुई दिन अनुगमन गर्दा उसरी नै चार कोठा र १० छाकको बिल पेस गरिन् ।

त्यस्तै, समन्वय समितिका कर्मचारी रविन पाण्डेले २०७७ असार २ र ३ गते कालिञ्चोक गाउँपालिका अन्तरगतका योजना अनुगमन गरेका थिए । उनले दुई दिनमा होटलका चार कोठा भाडामा लिए । १० छाक खाना खाएको बिल बनाए । त्यसबापत ७ हजार ८ सय भुक्तानी लिएका छन् ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।