• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

दिल्लीले राजस्थानलाई २० रनले हरायो, राजस्थानले प्लेअफका लागि अन्य खेल कुर्नुपर्यो



काठमाडौँ । इन्डियन प्रिमियर लिग–२०२४ को ५६ औं खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई २० रनले पराजित गरेको छ ।

योसँगै दिल्लीले अघिल्लो खेलमा भएको हारको बराबरी गरेको छ । यति मात्र होइन, क्यापिटल्सले आफ्नो प्लेअफको आशालाई जीवित राख्दै रोयल्सलाई प्लेअफमा पुग्नको लागि पर्खाइ पनि लम्बाएको छ ।

डिसीको १२ अंक छ भने टोली पाँचौं स्थानमा पुगेको छ । अर्कोतर्फ, आरआर १६ अंकसहित दोस्रो स्थानमा छ । राजस्थानको यो लगातार दोस्रो हार हो । राजस्थानलाई प्लेअफमा पुग्न अझै एक जित आवश्यक छ ।

घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर २२१ रन बनाएको थियो । जवाफमा राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर २०१ रन मात्रै बनाउन सकेको थियो । दिल्लीका कुलदीप यादवले २५ रन दिएर २ विकेट लिए । उनी खेलको प्लेयर अफ द म्याच चुनिए ।

डीसीका ओपनर ज्याक फ्रेजर–मगार्च (५० रन) र अभिषेक पोरेल (६५ रन)ले अर्धशतक बनाए । ट्रिस्टन स्टब्सले ४१ रनको इनिङ खेले । राजस्थानका रवीचन्द्रन आश्विनले ३ विकेट लिए । युजवेन्द्र चहल, सन्दिप शर्मा र ट्रेन्ट बोल्टले एक–एक विकेट लिए ।

आरआरका सञ्जु सामसनले ४६ बलमा ८६ रनको इनिङ खेले । रियान परागले २७ रन र शिवम दुबेले २५ रन बनाए । दिल्लीका खलिल अहमद, मुकेश कुमार र कुलदीप यादवले समान २–२ विकेट लिए । अक्षर पटेल र रसिक सलामले एक–एक विकेट लिए ।