२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

१ अर्ब बजेट विनियोजन गर्नका लागि प्रधानमन्त्रीसँग सांसद प्रेमबहादुर आलेको आग्रह



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का पोलिट ब्यूरो सदस्य एवं सुदूरपश्चिमका सहइन्चार्ज तथा सांसद प्रेमबहादुर आलेसहितको टोलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् ।

उक्त भेटका अवसरमा सांसद आलेले प्रधानमन्त्री ‘प्रचण्ड’ सँग सुदूरपश्चिमको खुटियाँ, विपिनगर, दिपायल, सायलदेखि बझाङ हुँदै उरै ताक्लाकोट जोड्ने सडकका लागि आगमी आर्थिक वर्षको बजेटमा १ अर्ब बजेट बिनियोजन गर्नका लागि माग गरेका छन् ।

उक्त सडक सुदूरपश्चिमको विकासको मेरुदण्ड भएकाले आगमी आर्थिक वर्षको बजेटमा १ अर्ब बजेट विनियोजन गर्नका लागि प्रधानमन्त्री ‘प्रचण्ड’ सँग आग्रह गरिएको सांसद आलेले बताए ।

उनले भने, “खुटियाँ, विपिनगर, दिपायल, सायलदेखि बझाङ हुँदै उरै ताक्लाकोट जोड्ने सडकलाई निर्माण गर्न सके त्यहाँ थुप्रै पर्यटक भित्रयाउन सहज हुने र सुदूरपश्चिमको विकासले मुहार फेर्ने छ, आगमी आर्थिक वर्षको बजेटमा १ अर्ब बजेट बिनियोजन गर्न माग गरेका छौँ, प्रधानमन्त्री ज्यू पनि सकारात्मक हुनु हुन्छ ।”

उक्त सडक निर्माण गर्न सके सुदूरपश्चिमका जनताले उत्पादन गरेका बस्तु भाउँहरुले पनि बजार पाउने तथा त्यहाँका जनताको आयस्तरमा समेत बृद्धि हुने भन्दै आर्थिक वर्षको बजेटमा १ अर्ब बजेट विनियोजन गराउन आफ्नो पहिलो प्रथामिक्ता रहेको सांसद आलेले बताए ।