• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

जसपा, नेपालले सरकारलाई दिएको समर्थनले निरन्तरता पाउँछः मनिष सुमन



काठमाडौँ । पार्टी विभाजनको मारमा परेको जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री समेत रहनुभएका जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच मंगलवार बिहान बालुवाटारमा भेटवार्तामा पनि सरकारलाई दिइएको समर्थनलाई निरन्तरता दिने निष्कर्षमा पुगिएको पार्टीका प्रवक्ता मनिष सुमनले बताउनु भयो । उहाँले सरकारमा आफूहरु रहेको र त्यसलाई निरन्तरता दिएर जाने बताउनु भयो । वर्तमान सत्ता गठबन्धनको जग आफूहरुले बनाएकाले पनि सरकारलाई निरन्तरता दिने कुरामा आफूहरु प्रतिवद्ध रहेको प्रवक्ता सुमनको भनाई थियो । उहाँले पार्टीबाट फुटेर गएकाहरुले बरु सरकारबाट हट्न सक्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आजै पनि हाम्रो केन्द्रिय अध्यक्ष माननीय उपेन्द्र यादवजीले सम्माननीय प्रधानमन्त्रीज्युसँग बिहान बालुवाटारमा भेट भएको हो । भेटघाटको सन्दर्भमा हाम्रो केन्द्रिय अध्यक्षजीले पनि भन्नुभएको हो–तपाईलाई केही अपm्ठयारो छ कि ? केही अपm्ठयारो छ भन्ने भनिदिनुस् हामी मार्ग प्रशस्त गरिदिन्छांै भन्दा उहाँले होइन मलाई केही पनि अपm्ठयारो छैन । ठिक छ भनेपछि । तपाईहरुको साथ समर्थन हामीलाई रहिरहोस् भनेर उहाँले फेरि पुनर्ताजगी गर्नुभयो ।

जनता समाजवादी पार्टीको तर्फबाट पनि सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिइएको समर्थन निरन्तर रहनेछ । हामी सरकारमा छँदै थियो । फागुन ११ गते १० बुँदे एउटा कागजमा ४ पार्टीले एउटा हस्ताक्षर गरेर जग हालेको छौँ । त्यही गठबन्धन अहिलेसम्म चलिरहेको छ । ७ जना सांसदहरुले हाम्रो पार्टी फुटाउँछौ भनेर गए । फुटाएर गए । हामी त सँगै छौं । हामी सरकारसँगै छौं । बरु फुटेर जानेहरु टुट्न सक्छन् । हामी त छँदैछौं ।’

अध्यक्ष यादवले पार्टीका ७ जना सांसदहरुले जनता समाजवादी पार्टी नामक नयाँ दल गठन गरेपछि उत्पन्न परिस्थितिबारेबारे मंगलवार ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा पार्टीका नेता, कार्यकर्ताहरुसँग अनौपचारिक छलफल गरिरहनुभएको छ । प्रवक्ता सुमनले वैशाख २६ गते (भोलि) बुधवार बिहान ११ बजे पार्टीमा विभाजनपछि उत्पन्न परिस्थितिबारे जानकारी दिन सो पार्टीले पत्रकार सम्मेलन आयोजना गर्न लागेको जानकारी दिनुभयो ।