१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशको आर्थिक क्षेत्रका सुचकहरु सकारात्मक रहेको छ- अर्थमन्त्री पौडेल



अ+ अ-

काठमाडौं । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले देशको आर्थिक क्षेत्रका सुचकहरु सकारात्मक रहेको बताउनुभएको छ । बुधबार कृषि विकास बैंक लिमिटेडको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले देशको अर्थिक क्षेत्रको सुचकहरु सकारात्मक रहेको बताउनुभएको हो । 

कोभिड-१९ को कारणले राजस्व परिचालनका केही सन्दर्भमा प्रतिकुलता रहेपनि अन्य क्षेत्रमा आर्थिक सुचकहरु सकारात्मक रहेको उहाँको भनाई छ । उहाँले कोभिड-१९ को बावजुद पनि देशको अर्थतन्त्रलाई गतिशिल, चलायमान र उत्पादनशील बनाउन प्रयत्नरत रहेको बताउनुभयो । मन्त्री पौडेलले नेपाल कोभिडविरुद्द सहि नीति, सहि योजना र प्रभावकारी कार्यान्वयनका साथ अघि बढेको भन्दै छिटोभन्दा छिटो कोभिडविरुद्दको भ्याक्सिन आयात गरेर आम नागरिकलाई निशुल्क उपलब्ध गराउने जानकारी दिनुभयो । पहिले फ्रन्टलाइनबाट शुरु गरेर क्रमशः आम नागरिकमा पु¥याउने उहाँको भनाई छ ।

मन्त्री पौडेलले मध्यावधि निर्वाचन गर्ने कुरा संविधानले प्रवन्ध गरेको व्यवस्था भएको भन्दै उहाँले संविधानको कार्यान्वयनले मुलुकलाई  गतिशिल ढंगले अघि बढाउन मद्दत गर्ने बताउनुभयो ।मुलुकलाई संविधानले परिलक्षित गरेको दिशामा लैजानको निम्ति निर्वाचनको अपरिहार्यता रहेको पनि उहाँको भनाई छ ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गर्भनर माहा प्रसाद अधिकारीले नेपाल सरकारले डिजिटल फ्रेमवर्क लागु गरेको र वित्तिय क्षेत्रलाई यसले विशेष रुपले समेट्ने भएकोले बढीभन्दा बढी विद्युतिय कारोबार होस् भन्ने हिसाबले राष्ट्र बैंक अघि बढेको बताउनुभयो । यसबाट सुशासन कायम हुने अपेक्षा गरिएको उहाँको भनाई छ । कृषिमा आधुनिकिकरण गर्ने धेरै सम्भावना मुलुकमा भएकाले कृषि विकास बैंकले अन्य क्षेत्रमा भन्दा विशेषगरी कृषि क्षेत्रमै लगानी गर्नुपर्ने उहाँले बताउनुभयो ।

कृषि विकास बैंक लिमिटेडका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले बैंकले आगामी दिनमा उच्चमुल्य प्राप्त हुने फलफुलमा कर्जा बिस्तार गर्ने बताउनुभयो । त्यसैगरी गाई भैंसी फार्ममामा पनि लगानी बिस्तार गर्ने योजना रहेको उहाँको भनाई छ । बैंकले उत्पादन र उत्पादकत्व बढाउने तर्फ काम गर्ने उहाँले बताउनुभयो । कृषि विकास बैंक लिमिटेडले बुधबार ५४ औँ वार्षिकोत्सव मनाएको हो ।