काठमाडौ । नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा बिघटनक घटना बिरुद्ध बिहीबार वडास्तरमा हुने प्रदर्शनमा सहभागी हुन अनुरोध गर्नुभएको छ ।
बुधबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभाबना बिपरितको कार्य बिरुद्ध नेपाली कांग्रेस एकमत भएको भन्दै देउवाले घरघरबाट सहभागिता जनाएर आन्दोलनलाई प्रभाबकारी बनाउन आग्रह गर्नुभएको हो।
कांग्रेसले माघ ८ गते बिहीबार ६ हजार ७४३ वटै वडाहरुमा बिरोध प्रर्दशन गर्दै छ । पार्टीका सबै तहका कार्यकर्ता तथा लोकतान्त्रबादीहरुलाई प्रदर्शनमा सहभागी हुन अपिल गर्दै संसद बिघटन बिरुद्ध ऐक्यबद्धता प्रकट गर्न आब्हन गरिएको छ ।