• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

संसद विघटन मुद्दाः भोलि फेरि सुनुवाइ हुने



काठमाडौं । सर्बोच्च अदालतको संवैधानिक इजलासमा आजको प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा सुनुवाई सकिएको छ । रिटमाथि बिहीबार फेरि सुनुवाइ हुनेछ भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा न्यायाधीशहरु सपना प्रधान मल्ल, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको इजलासमा भइरहेको सुनुवाइमा बुधबार पनि रिट निवेदकतर्फका कानुन व्यवसायीहरू चन्द्रकान्त ज्ञवाली, कृष्णप्रसाद भण्डारी, अनिता मानन्धर, सुरेन्द्रविक्रम केसी, कञ्चनकृष्ण न्यौपाने, नवराज पाण्डे, झलकुमारी विश्वकर्माले बहस गरे । 

यसअघिको बहसमा कानुन व्यवसायीले ३ घण्टासम्म समय लिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बहसका लागि समय निर्धारण गरेका थिए । संवैधानिक इजलासमा बुधबारको सुनुवाइ सुरु भएपछि प्रधानन्यायाधीश राणाले ३० मिनेटमा बहस सक्न भनेका हुन् ।