११ भाद्र २०८३, बिहीबार
,
Latest
त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद विघटन मुद्दाः भोलि फेरि सुनुवाइ हुने



अ+ अ-

काठमाडौं । सर्बोच्च अदालतको संवैधानिक इजलासमा आजको प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा सुनुवाई सकिएको छ । रिटमाथि बिहीबार फेरि सुनुवाइ हुनेछ भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा न्यायाधीशहरु सपना प्रधान मल्ल, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको इजलासमा भइरहेको सुनुवाइमा बुधबार पनि रिट निवेदकतर्फका कानुन व्यवसायीहरू चन्द्रकान्त ज्ञवाली, कृष्णप्रसाद भण्डारी, अनिता मानन्धर, सुरेन्द्रविक्रम केसी, कञ्चनकृष्ण न्यौपाने, नवराज पाण्डे, झलकुमारी विश्वकर्माले बहस गरे । 

यसअघिको बहसमा कानुन व्यवसायीले ३ घण्टासम्म समय लिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बहसका लागि समय निर्धारण गरेका थिए । संवैधानिक इजलासमा बुधबारको सुनुवाइ सुरु भएपछि प्रधानन्यायाधीश राणाले ३० मिनेटमा बहस सक्न भनेका हुन् ।