१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनाद्वारा माझी बस्तीमा स्वास्थ्य शिविर



अ+ अ-

 काठमाडौ । सैनिक श्रीमती सङ्घले सिन्धुपाल्चोक चौतारा–साँगाचोकगढी नगरपालिका झ्याडी र इन्द्रावती गाउँपालिकास्थित एकीकृत माझी बस्तीमा राहत वितरण गरेको छ । 

सङ्घले माझी १२८ घरपरिवारलाई मण्डी र प्रेसरकुकर तथा झमलादेवी आधारभूत विद्यालयलाई टेबल कुर्सी उपलब्ध गराएको थियो । गोरखबक्स गणकोतर्फबाट विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरिएको बताइएको छ ।

उक्त बस्तीमा २६ बाहिनी अड्डा तथा गोरख बक्स गणको पहलतामा एकदिने निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त स्वास्थ्य शिविरबाट २५० स्थानीय बासिन्दा लाभान्वित भएका थिए ।